२०८३ बैशाख ६ गते , आईतबार

थेवेलाई सभापति बनाउने सहमति नभएको कट्टेल निकट नेताहरुको स्पष्टोक्ति

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक २६ गते , शुक्रबार
थेवेलाई सभापति बनाउने सहमति नभएको कट्टेल निकट नेताहरुको स्पष्टोक्ति

बिर्तामोड नेपाली कांग्रेसको आगामी महाधिवेशनबाट झापा जिल्ला सभापतिमा देउमान थेवेलाई सभापति बनाउने लिखित सहमति नभएको एकथरी नेताहरुले बताएका छन् उनीहरुले बिर्तामोडमा शुक्रबार पत्रकार सम्मेलन गरी थेवेलाई सभापति बनाउने कुनै लिखित सहमति नभएको बताएका हुन

केहि दिन अघि नेपाली कांग्रेसका नेता केशवकुमार बुढाथोकीले अघिल्लो महाधिवेशनमा थेवेलाई अबको सभापति बनाउने लिखित सहमति भएको उक्त सहमतिलाई अक्षरस पालना गर्न पार्टीका नेता कार्यकर्ताहरुलाई सार्वजनिक आह्वान गरेका थिए बुढाथोकीले लिखित सहमति भएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएसँगै झापा कांग्रेस यतिबेला दुई खेमामा विभक्त भएको बुढाथोकीको उक्त अभिव्यक्तिको खण्डन गर्दै अर्काथरी नेताहरुले आज पत्रकार सम्मेलन गरेर १३औँ महाधिवेशनमा भएको सहमति पत्र नै सार्वजनिक गरेका छन विश्वप्रकाश शर्मा निकट मानिएका वर्तमान उपसभापति रामबहादुर कट्टेल जिताऔँ अभियानको सचिवालयले पत्रकार सम्मेलन मार्फत थेवेलाई आगामी सभापति बनाउने कुनै सहमति नभएको स्पष्ट पारेको


पाटीका जिल्ला सचिव प्रेम सम्बाहाम्फेले जिल्ला समितिका केहि पदाधिकारी बाहेक सम्पूणर् पदाधिकारीहरुले सर्वसम्मतिका साथ वर्तमान उपसभापतिलाई सभापति बनाउन लागेबाटै थेवेलाई सभापति बनाउने सहमति नभएको स्पष्ट हुने बाँकी कुरा उक्त सहमति पत्रबाट पनि स्पष्ट हुने बताए पत्रकार सम्मेलनमा वितरित अघिल्लो महाधिवेशनमा नेताहरुले गरेको बुँदे सहमति पत्रको पहिलो बुँदामासभापति पदका उम्मेदवार देउमान थेवेले सभापति पदमा सर्वसम्मत गराउन गरेको त्यागलाई उच्च मुल्याङ्कन गर्दै वहाँको राजनैतिक भूमिकालाई सम्बर्धन गर्नेउल्लेख नेताहरु सुधिरकुमार शिवाकोटी, डिल्ली सिटौला, विश्वप्रकाश शर्मा गोपालकुमार बस्नेतले हस्ताक्षर गरेको उक्त सहमति पत्रमा थेवेलाई आगामी महाधिवेशनबाट सभापति बनाउने भन्ने वाक्यांश उल्लेख गरेको पाइँदैन

सहमतिमा उल्लेख गरिएकोसम्बर्धन गर्नेभन्ने शब्दावली अनुसार थेवेलाई पाटीले जिल्ला सदस्यमा मनोनित गरेको, क्षेत्र नम्बर बाट प्रतिनिधी सभा सदस्य पदको उम्मेदवार बनाएको, पार्टीको भातृ संगठनको जिम्मेवारी दिएको सचिव सम्बाहाम्फेले बताए संविधान सभा सदस्य उषा गुरुङले पाटीले त्यस्तो सहमति नगर्ने गरेको भए डकुमेन्ट आवश्यक भएको बताइन

नेता बुढाथोकीले आफू साक्षी बसेर गरिएको सहमति उल्लंघन गर्न केन्द्रीय सदस्य नै लागिपरेको भन्ने सार्वजनिक अभिव्यक्ति दिए सँगै यतिबेला विश्वप्रकाश शर्मा कृष्णप्रसाद सिटौला पक्षका नेताहरु बिचमा टकराव शुरु भएको शर्मा निकट वर्तमान उपसभापति रामबहादुर कट्टेलको पक्षमास्वच्छ छवि, सवल व्यक्तित्व सुदृढ संगठन हाम्रो आह्वान, राम कट्टेललाई जिताउने सबैको अभियाननारा दिएर अभियान नै शुरु भएको

पाटीको जिल्ला प्रवक्ता लोकराज ढकाल, नम्बर क्षेत्रीय सभापति मणि उप्रेती, जिल्ला सचिव ताराविर कटुवाल, जिल्ला सदस्य तेजप्रसाद चम्लागाई, पुष्पराज पौडेल, महासमिति सदस्य टेकबहादुर सुब्बा (भरत), देबेन्द्र गौतम लगायतको उपस्थितीमा भएको कार्यक्रममा नेताहरुले पाटीमा पुराना विचार, शैली परिवर्तन गरी नयाँ आयाम थप्न, राजनीतिक परिवर्तन गर्न लोकतन्त्रलाई संस्थागत गर्न कट्टेललाई जिताउनु पर्ने विचार व्यक्त गरे

सम्बन्धित समाचार