२०८३ बैशाख ५ गते , शनिबार

माओवादी केन्द्रले ‘एक व्यक्ति एक पद’ लागू गर्ने

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक २७ गते , शनिबार
माओवादी केन्द्रले ‘एक व्यक्ति एक पद’ लागू गर्ने

काठमाण्डौ । नेकपा माओवादी केन्द्रले सबै कमिटीमा एक व्यक्ति एक पदको अवधारणा लागू गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड को अध्यक्षतामा शुक्रबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधानमा सामान्य संशोधनसमेत गर्दै यस्तो निर्णय गरेको हो ।

संसोधित विधान अनुसार माओवादी केन्द्रको प्रदेश र पालिका कमिटीमा सात/सात पदाधिकारी रहने भएका छन् । यस्तै, वडा कमिटीमा पाँच पदाधिकारी र टोल  कमिटीमा अध्यक्ष र सचिव गरी दुई पदाधिकारी रहने छन् । यस्तै सेल कमिटीमा सचिवमात्र राखिने भएको एक नेताले बताए ।

माओवादी केन्द्रले पछिल्लो समय संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकता दिँदै आएको छ । सोही अनुसार जिम्मेवारी बाँडफाँटलाई प्रभावकारी बनाउन र जिम्मेवारी पाएकाहरुबाट प्रभावकारी परिणाम हासिल गराउन पार्टीले ‘एक व्यक्ति एक पद को अवधारणालाई लागू गरेको जनाइएको छ ।

सम्बन्धित समाचार