संघीय लिम्बुवान मञ्च झापाको जिल्ला अधिवेशन मंसिर २ गते हुने
बिर्तामोड । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च, नेपालले छैटौ झापा जिल्ला अधिवेशन मंसिर २ गते गर्ने जनाएको छ । मञ्चले शनिबार एक कार्यक्रम आयोजना गरी उक्त जानकारी दिएको हो ।
मञ्चले शनिबार बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरी मंसिर २ गते पार्टीको छैटौँ जिल्ला अधिवेशन बिर्तामोडमा गर्ने जानकारी दिएको छ । कात्तिक २३ गते बसेको पार्टीको जिल्ला कार्यसमितिको बैठकले उक्त निणर्य गरेको अध्यक्ष धनबहादुर पंधाकले जानकारी दिए । अधिवेशनका लागि करिब १० लाख खर्च लाग्ने र सो रकम क्रियाशिल सदस्य, नेताहरु, अन्य शुभचिन्तकहरुबाट संकलन गरिने उनले बताए ।
अधिवेशन सम्पन्न गर्न अध्यक्ष पंधाकको संयोजकत्वमा जिल्ला पदाधिकारीहरु, क्षेत्रीय तथा पालिका अध्यक्षहरु, जनवर्गीय संगठनका प्रमुखहरु सदस्य रहने गरी मूल अधिवेशन आयोजक समिति, जिल्ला उपाध्यक्ष अमित खम्बुको संयोजकत्वमा अर्थ उपसमिति, उपाध्यक्ष ज्वाला इम्बुङ्गको संयोजकत्वमा स्टेज व्यवस्थापन तथा अतिथी सत्कार उपसमिति बनाइएको बताइएको छ । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नगेन्द्र राई, सचिवद्वय राजा आङ्गथुपो र तिर्थराज पौडेल, पार्टीका उपमहासचिव भविराज तुम्सा लगायत उपस्थित रहेका थिए ।