२०८३ बैशाख ६ गते , आईतबार

झापामा बन्दको आंशिक प्रभाव

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक ३० गते , मंगलबार
झापामा बन्दको आंशिक प्रभाव

बिर्तामोड सरकारले पेट्रोलियम पदार्थमा गरेको मुख्यवृद्धिको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको आजको नेपालबन्दको झापामा आंशिक प्रभाव परेको पार्टीले मुल्यवृद्धिको विरोध स्वरुप घोषणा गरेको कार्यक्रमअन्तर्गत आज नेपाल बन्दको आह्वान गरेको थियो

झापाको दकममा भने बन्दको प्रभाव नदेखिएको प्रहरी नायव उपरिक्षक नवराज कार्कीले जानकारी दिए सवारी साधन सञ्चालन हुनुका साथै पसलहरु समेत खुलेको उनले बताए विहानको कलेज जाने विद्यार्थीहरुपनि आउजाउ गरिरहेको उनको भनाई

बिर्तामोडमा भने बन्दको आंशिक प्रभाव देखिएको सडकमा यात्रुवाहक सवारी कुदेका छैनन भने पसलहरु केहि खुल्ला रहेका छन् हाइवे आसपासका पसलहरु बन्दभएपनि भित्री बजारका पसलहरु खुल्न थालेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सन्तोष आचार्यले जानकारी दिए ठूला सवारीका साधनहरु नदेखिएपनि साना सवारीसाधन सडकमा गुडिरहेका छन्  

                                     बिर्तामोडको पश्चिम बसस्टेण्ड


यता काँकरभिट्टामा भने बन्दको पूर्ण प्रभाव परेको यातायातका साधनहरु संचालन भएका छैनन मुल्यवृद्धिको यातायात मजदुरहरुले समेत विरोध गरेपछि यातायात क्षेत्रमा बढी प्रभाव देखिएको प्रहरी निरीक्षक होम अधिकारीले बताए उनका अनुसार विहान केहि संख्यामा चोकमा बन्दकर्ता देखिएपनि अहिले उनीहरुको उपस्थिती छैन देशका अधिकांश स्थानहरुका लागि छुट्ने काकरभिट्टा बसपार्कबाट नै यात्रुबाहक सवारी नछुटेपछि सडकमा बस गुडेको देखिँदैन काकरभिट्टामा सवारीसाधन सञ्चालन नभएपनि भित्री बजारहरु खुल्न शुरु भएको बताइएको

पूर्वपश्चिम राजमार्गमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती देखिएको बिचका बजारहरु धुलाबारी, चारआली, सुरुङ्गा, दुधे, झिलझिले लगायतमा पनि बन्दको सामान्य प्रभाव परेको देखिएको सडकमा बन्दकर्ताको उपस्थिती खासै नदेखिएपनि मुल्यवृद्धिले सबैलाई असर गरेका कारण बन्दप्रति आम मानिसको नैतिक समर्थन हुनसक्ने दमकका प्रविन पराजुलीको भनाई

सरकारले निरन्तर पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धिको विरोध गर्दै विप्लवले एक विज्ञप्ति जारी गरी कात्तिक २५ गतेदेखि ३० गतेसम्मको विभिन्न विरोधका कार्यक्रम घोषणा गरेको थियो

 

सम्बन्धित समाचार