२०८३ बैशाख ६ गते , आईतबार
काँकडभिट्टामा मेगा बैंकको नयाँ शाखा विस्तार
बिर्तामोड । मेगा बैंकले काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले सोमबारदेखि काँकडभिट्टाबाट सेवा शुरु गरेको जनाएको छ ।
झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको शाखा प्रमुख मोहनप्रसाद अर्यालले जानकारी दिए । यो मेगा बैंकको २०२औं शाखा हो । यस आर्थिक वर्षमा १५ वटा नयाँ शाखा विस्तार गरिसकेको बैंकले जनाएको छ ।