२०८३ आश्विन १७ गते , शनिबार

अलैँचीको मुल्य बढ्दा कृषक हर्षित

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर २ गते , विहीबार
अलैँचीको मुल्य बढ्दा कृषक हर्षित

बिर्तामोड । केहि सातायता अलैँचीको मुल्य निरन्तर उकालो लागिरहेको छ । मुल्यमा उल्लेख्यवृद्धि भएपछि अलैँची उत्पादक कृषक हर्षित भएका छन् ।

गत बर्ष यो सिजनमा २५ हजार रुपैँया प्रतिमन रहेको अलैँचीको मुल्य बढेर यतिबेला ४५ हजार रुपैँया हाराहारी पुगेको छ । वुधबार झापाको बजारमा जम्बो जेड कैची कट अलैची ४५ हजार रुपैँयामा कारोबार भएको नेपाल अलैची व्यवसायी महासंघका महासचिव सुवास भट्टराईले जानकारी दिए । संखुवासभा, इलाम तथा पाँचथर लगायतका जिल्लाहरुमा यो अलैँची खेती हुने गरेको उनको भनाई छ ।

एकलाख रुपैँयाभन्दा बढी मुल्यमा अलैँची बिक्री गरेका किसान भाउ घटेर २५/३० हजार रुपैँया हाराहारीमा आएपछि निराश बनेका थिए । मुल्य बढ्ने आशाले कतिपय किसानले अलैँची गोदाममै थन्क्याएका थिए ।

नेपाल तथा भारतको अलैँची बगानमा रोगले बोट मरेकाकारण उत्पादन भने घटेको छ । भारतीय बजारमा माग अनुसारको आपूर्ती नहुँदा मुल्य बढेको जानकारहरु बताउँछन ।

नेपालका ४३ जिल्लाहरुमा अलैँचीको उत्पादन हुँदै आएको छ । खोल्साको कालो सुन उपमा दिइएको अलैँची विशेषगरी पहाडी जिल्लाहरुमा उत्पादन हुने गर्दछ । अलैँची तापक्रम अनुसार असारदेखि यता टिप्न शुरु हुने गरेको छ ।   

सम्बन्धित समाचार