२०८३ बैशाख ६ गते , आईतबार

जगदम्बा, मारुती र युनाइटेड सिमेन्ट बिक्री गर्न रोक

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर २ गते , विहीबार
जगदम्बा, मारुती र युनाइटेड सिमेन्ट बिक्री गर्न रोक

काठमाण्डौ गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने तीनवटा सिमेन्ट उद्योग कारबाहीमा परेका छन नेपाल गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट लिमिटेड सिरहा, युनाइटेड सिमेन्ट प्रालि धादिङ    जगदम्बा सिमेन्ट प्रालि रुपन्देहीलाई कारबाही गरेको हो

मारुती, युनाइटेड जगदम्बा सिमेन्ट प्रालिको उत्पादनमा तोकिएको गुणस्तर नभएको भन्दै विभागले १५ दिनभित्र स्पष्टीकरण मागेको सिमेन्टको गुणस्तर परीक्षणका क्रममा तोकेको गुणस्तरअनुसार नरहेको भन्दै विभागले बिक्रीरवितरण रोक्का गरी १५ दिनभित्र स्पष्टीकरण पेस गर्न पत्र काटेको हो

त्यस्तै युनाइटेड सिमेन्टको ५३ ग्रेडको सङ्कलित ओपीसी सिमेन्टको नमुनामा कम्प्रेसिभ स्ट्रेन्थ २८ दिनको मान क्रमशः ३७ ५३ हुनुपर्नेमा ३५ ३९ रहेको यो नमुना नेपाल गुणस्तर ५७२ अनुसार नरहेको भन्दै ५३ ग्रेडको सिमेन्ट बिक्री रोक्का गरी त्यो ब्याचको सम्पूर्ण सिमेन्ट फिर्ता गर्न निर्देशन दिएको

साथै जगदम्बा सिमेन्टको पीपीसी सिमेन्टको नमुनामा कम्प्रेसिभ स्ट्रेन्थ २८ दिनको मान क्रमशः १६ २२ हुनुपर्नेमा १५ २० रहेको यो नमुना नेपाल गुणस्तर ३८५ अनुसार नरहेको भन्दै विभागले सिमेन्ट बिक्री रोक्का गरी यो  ब्याचको सम्पूर्ण सिमेन्ट फिर्ता गर्न निर्देशन दिनुका साथै १५ दिनमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको

सम्बन्धित समाचार