२०८३ बैशाख ५ गते , शनिबार

कमलमा पालिकास्तरीय भलिबल प्रतियोगिता हुने

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर ४ गते , शनिबार
कमलमा पालिकास्तरीय भलिबल प्रतियोगिता हुने

कमल । झापाको कमल गाउँपालिकामा प्रथम उपाध्यक्ष कप भलिबल खेल प्रतियोगिता हुने भएको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने सो प्रतियोगिताको बारेमा आज शनिबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरि समितिले जानकारी गराएको हो ।

झापा जिल्ला भित्रका पालिकास्तरीय हुने उक्त प्रतियोगिता सफल बनाउन खेलकुद समिति सदस्य सुदिप थुलुङको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।

प्रतियोगिताको विजेता टोलिले नगद १ लाख १ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ५१ हजार रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेलकुद समितिका सदस्य सचिव तथा कमल गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुर्यप्रसाद न्यौपानेले जानकारी दिए ।

मंसिर १४ गतेबाट १६ गते सम्म सो प्रतियोगिता केरखा खेल मैदानमा सञ्चालन हुने खेलकुद समिति सहसंयोजक तेज कुमार राईले बताए । 

झापा जिल्ला भरीका १५ वटै स्थानीय तहका खेलकुद समितिलाई निमन्त्रणा गरिएको संयोजक सुदिप थुलुङले बताए । ‘पालिका स्तरीय भएकोले खेलाडीपनि सोहि स्थानीय तह भित्रको नै हुनु पर्नेछ, उनले भने ।

पत्रकार भेटघाट कार्यक्रम कमल गाउँपालिका खेलकुद समिति संयोजक तथा वडासदस्य चतुरभुज सुवेदिको अध्यक्षतामा भएको थियो । जसमा समितिक सहसंयोजक तेजकुमार राई, सदस्य सचिव सुर्य प्रसाद न्यौपाने, सदस्य सुदिप थुलुङ, शान्त कुमार राई भक्त मगर लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार