२०८३ बैशाख ६ गते , आईतबार

राजनीतिक दलको उम्मेदवार र प्रतिनिधि बन्ने पत्रकारको सदस्यता खारेज गर्ने महासंघको चेतावनी

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर ५ गते , आईतबार
राजनीतिक दलको उम्मेदवार र प्रतिनिधि बन्ने पत्रकारको सदस्यता खारेज गर्ने महासंघको चेतावनी

काठमाण्डौ नेपाल पत्रकार महासंघले राजनीतिक दलका सङ्गठनमा उम्मेदवार प्रतिनिधि बनेका महासंघका सदस्यहरुको सदस्यता खारेज गर्ने चेतावनी दिएको महासंघले आज एक विज्ञपति जारी गरि त्यस्तो चेतावनी दिएको हो

प्रमुख राजनीतिक दलका विभिन्न तहका कमिटीमा अहिले भइरहेका चुनावमा पत्रकार महासंघका सदस्यता लिएका व्यक्तिहरू पनि चुनिएको प्रतिस्पर्धा गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको महासंघले विज्ञप्तिमार्फत जनाएको

पत्रकार महासंघको विधानले पत्रकार महासंघका पदाधिकारी वा सदस्यले पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ सङ्गठनको कुनै पनि तहको विभाग वा समितिमा रहेर काम गर्न नपाउने व्यवस्था गरेको सम्झाउँदै महासंघले विधान विपरीत राजनीतिक दलका संघसङ्गठनमा रहेर काम गर्ने पत्रकारलाई स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने सदस्यता नै खारेज गर्नेसम्मको चेतावनी दिएको कुनै पनि दलको कार्यकारी पदमा बसेर स्वतन्त्र तथा सन्तुलित पत्रकारिता नहुने महासंघले स्मरण गराएको

अहिले नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा लगायतका दलहरूको विभिन्न तहमा अधिवेशन चलिरहेको दलका अधिवेशनमा पत्रकार महासंघका सदस्यहरू नै उम्मेदवार बनेपछि आलोचना भइरहेको  

सम्बन्धित समाचार