२०८३ बैशाख ६ गते , आईतबार
मेचीनगरमा अटोको ठक्करबाट पदैल यात्रीको मृत्यु
बिर्तामोड । झापा मेचीनगर नगरपालिका ६ फाईरिङ चोकमा अटोको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । अटोको ठक्करबाट स्थानीय ५१ बर्षीय चन्द्रप्रसाद अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार बेलुका साढे ६ बजे पूर्व तर्फ आउदै गरेको मे १ ह ६४५० नम्बरको अटोले ठक्कर दिँदा गम्भिर घाईते भएका अधिकारीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । अटो र चालक झापा मेचीनगर नगरपालिका ६ नकलबन्दाका ३२ बर्षीय सुरेन्द्र राजबंशीलाई ईलाका प्रहरी कार्यालय काकरभिट्टाले नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकोछ ।