२०८३ बैशाख ६ गते , आईतबार

कन्काई प्लाई फ्याक्ट्रीमा आगलागी, ५ करोड बढी क्षति भएको अनुमान

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर ६ गते , सोमबार
कन्काई प्लाई फ्याक्ट्रीमा आगलागी, ५ करोड बढी क्षति भएको अनुमान

बिर्तामोड झापाको बिर्तामोड स्थित कन्काई प्लाई फ्याक्ट्रीमा आगलागी भएको सोमबार विहान बजेको समयमा विद्युत सर्ट भइ आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको

आगो नियन्त्रणका लागि बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक, कमल, उर्लाबारी गौरादहको दमकलले प्रयास गरिरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सन्तोष आचार्यले जानकारी दिए दमकलसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी , नेपाली सेना स्थानीय आगलागी नियन्त्रणमा लागिरहेको उनले बताए फ्याक्ट्रीमा कच्चा पदार्थ धेरै भएका कारण आगो पूर्ण नियन्त्रणमा आइनसकेको फ्याक्ट्री सञ्चालक दुर्गा भण्डारीले बताए यो समाचार तयार पार्दासम्म आगो पूर्ण नियन्त्रणमा आइनसकेको अझै १/२ घण्टा लाग्न सक्ने बताईएको

प्लाईका लागि चाइनाबाट आयात गरिएको महंगो मुल्यका कच्चा पदार्थ धेरै भएका कारण करिब करोड बढीको क्षति भएको हुनसक्ने सञ्चालक भण्डारीको भनाई आगलागीबाट मानवीय क्षति भने नभएको जनाइएको

सम्बन्धित समाचार