२०८३ बैशाख ६ गते , आईतबार

प्रेस सेन्टर नेपाल प्रदेश १ को दोस्रो अधिवेशन शुरु

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर ७ गते , मंगलबार
प्रेस सेन्टर नेपाल प्रदेश १ को दोस्रो अधिवेशन शुरु

बिराटनगर । प्रेस सेन्टर नेपाल प्रदेश १ को दोस्रो अधिवेशन बिराटनगरमा शुरु भएको छ । आज मङ्गलबार बिराटनगरको विष्णुमाया पुस्तकालयको हलमा अधिवेशनको खुला सत्र शुरु भएको हो । 
प्रदेश अधिवेशन आयोजक समितिका संयोजक श्रीशिशा राईको अध्यक्षतामा शुरु भएको कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपालको राष्ट्रिय सम्मेलन संयोजक महेश्वर दाहाल, पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरे, फोनिजका प्रदेश १ अध्यक्ष अर्जुन जुम्लेली राई, प्रेस सेन्टर प्रदेश १ का इन्चार्ज राजन केडी, राजेन्द्र किराँती, विवेक गौतम, हेमराज भण्डारी, बिक्रम लुइँटेल, गणेश लम्साल, सरिता बराईली, लगायत अतिथिहरुको उपस्थिति रहेको छ । 
कार्यक्रमका प्रदेश १ को १४ जिल्लाबाट २०० जना प्रतिनिधिको उपस्थिति रहेको छ । अधिवेशनले ४१ सदस्यीय प्रदेश कमिटी चयन गर्ने जनाईएको छ । 

सम्बन्धित समाचार