प्रेस सेन्टर नेपाल प्रदेश १ को दोस्रो अधिवेशन शुरु
बिराटनगर । प्रेस सेन्टर नेपाल प्रदेश १ को दोस्रो अधिवेशन बिराटनगरमा शुरु भएको छ । आज मङ्गलबार बिराटनगरको विष्णुमाया पुस्तकालयको हलमा अधिवेशनको खुला सत्र शुरु भएको हो ।
प्रदेश अधिवेशन आयोजक समितिका संयोजक श्रीशिशा राईको अध्यक्षतामा शुरु भएको कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपालको राष्ट्रिय सम्मेलन संयोजक महेश्वर दाहाल, पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरे, समाजवादी प्रेस संगठन प्रदेश १ इन्चार्ज तिर्थ सिग्देल, फोनिजका प्रदेश १ अध्यक्ष अर्जुन जम्नेली राई, प्रेस सेन्टर प्रदेश १ का इन्चार्ज राजन केडी, राजेन्द्र किराँती, विवेक गौतम, हेमराज भण्डारी, बिक्रम लुइँटेल, गणेश लम्साल, सरिता बराईली, लगायत अतिथिहरुको उपस्थिति रहेको छ ।
कार्यक्रमका प्रदेश १ को १४ जिल्लाबाट २०० जना प्रतिनिधिको उपस्थिति रहेको छ । अधिवेशनले ४१ सदस्यीय प्रदेश कमिटी चयन गर्ने जनाईएको छ ।