प्रविधिमैत्री शिक्षक समाज इनपाको अध्यक्षमा निर्मल तिम्सिना
इलाम । प्रविधिमैत्री शिक्षक समाज इलाम नगर समितिको अध्यक्षमा निर्मल तिम्सिना चयन भएका छन । वुधबार भर्चुअल माध्यमबाट भएको नगर भेलाले नेपालटार माविका शिक्षक तिम्सिनाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ ।
समितिका उपाध्यक्षमा तिर्थराज दुलाल, सचिव सञ्जिलबल तामाङ, सहसचिव लिलादेवी -मुना_ गदाल, कोषाध्यक्ष लेखराज कटुवाल, सदस्यहरु सुरेस लिम्बु, डिल्ली खत्री, गोमा रिजाल, सुदर्शन शर्मा ढुङ्गाना, देविका तिम्सिना, दिलिपकुमार राई, खड्गकुमारी सापकोटा र तेजप्रसाद भण्डारी चयन भएका छन ।
विद्यार्थीलाई प्रविधिको माध्यमबाट शिक्षा दिनका लागि शिक्षक प्रविधिमा अभ्यस्त हुनुका साथै विद्यालय प्रविधिमैत्री हुनुपर्छ भन्ने अवधारणाका साथ केन्द्रबाटै समाज गठनको प्रक्रिया अगाडी बढेको अध्यक्ष तिम्सिनाले जानकारी दिए । प्रविधिको माध्यमबाट शिक्षा दिनु आजको आवश्यकता भएको र प्रविधिको माध्यमबाट उत्पादित जनशक्ति अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गराउन सकिने भएकाले प्रविधिको प्रयोगमा समाजले जोड दिँदै आएको उनको भनाइ छ ।
इलाममा पालिकास्तरमा नै समाज गठन प्रक्रिया तिब्र अगाडी बढेको उनले बताए । रोङ गाउँपालिकामा भुपाल खड्का र सूर्योदय नगरपालिकामा रचना देवानको अध्यक्षतामा यस अघिनै समाज गठन भइसकेको छ ।