२०८३ बैशाख ६ गते , आईतबार
नेपाली कांग्रेस झापाको मेलामय चुनावस्थल
बिर्तामोड । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज जिल्ला नेतृत्व चयन भइरहेको छ । जिल्ला जिल्लामा उत्साहस्वरुप नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।
झापा जिल्लाको नेतृत्व चयनका लागि बिर्तामोडको बिर्ताबजारस्थित अनारमनी पब्लिक क्याम्पसको प्राङ्गणमा मतदान भइरहेको छ । झापा कांग्रेस नेतृत्वका लागि देउमान थेवे र राम कट्टेल प्यानल मैदानमा उत्रिएको छ । मतदानस्थलको प्रवेशद्वारमा नै आ–आफ्ना उम्मेदवार जिताउ नारासहित ठूलो स्वरमा दुईतिर बाजा बजाइएको छ भने आफ्ना निकटका उम्मेदवारलाई जिताउन मत माग्ने आफन्तको उत्तिकै भीड लागेको छ । सडकमाथि र दायाँबायाँ फहराइएको व्यानरले कुनै मेलाबजारभन्दा कम झल्को दिँदैन । हेरौ मतदानस्थलका केहि दृश्यहरु :


