२०८३ बैशाख ६ गते , आईतबार
आगामी चुनावमा एमालेको एकल बहुमत आउँछ : ओली
चितवन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूहरू चुनावको तयारीमा लागेको बताएका छन । दशौँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनताबीच जाने वातावरणलाई रोकेर परमादेश ल्याइएको बताए । ‘अब निकट दिनमै चुनाव आउँदै छ । अब हामी चुनावको तयारीतर्फ जाँदै छौँ । जनमतबाट एकल बहुमत ल्याउनुपर्नेछ । देशको सार्वभौमसत्ताको रक्षाका लागि एमालेले एकल बहुमत ल्याउनुपर्नेछ,’ उनले भने।
लोकतन्त्रको रक्षा र संविधानलाई संस्थागत गर्न, दिगो विकास लक्ष्य हासिल गर्न पनि एमालेले बहुमत ल्याउनैपर्ने उनले बताए । मञ्चमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवातर्फ इंगित गर्दै उनले अबको सरकार एमालेको हुने बताए ।
आफूलाई काम गर्न नदिनेहरूले अहिले देउवाको खुट्टा समातेको बताउँदै भने, ‘तपाईंलाई पनि काम गर्न अप्ठ्यारो छ कि Û’