२०८३ बैशाख ६ गते , आईतबार

नेपाली कांग्रेसको मत गणना जारी, झापामा कट्टेल र इलाममा खड्का अगाडी

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर ११ गते , शनिबार
नेपाली कांग्रेसको मत गणना जारी, झापामा कट्टेल र इलाममा खड्का अगाडी

बिर्तामोड नेपाली कांग्रेस झापाको शुक्रबार सम्पन्न जिल्ला अधिवेशनको मत गणना जारी झापामा ९०० मतगणना हुँदा सभापति पदका उम्मेद्वार राम कट्टेलको प्यानलको फराकिलो अग्रता जारी

पछिल्लो परिणाम अनुसार सभापतिका उम्मेद्वार कट्टेलले ५४३ मत अर्का उम्मेद्वार देउमान थेबेले ३५० मत प्राप्त गरेका छन

यसैगरी, उपसभापतिमा प्रेम सम्बाहाम्फे केशवराज पाण्डेले अग्रता लिएका छन सम्बाहाम्फेले ५१५ पाण्डेले ४१२ मत प्राप्त गरेका छन

उपसभापतिका अरु उम्मेद्वार शमशेर गिरीले ३८० शेरबहादुर भट्टराईले ३५३ मत पाएका छन

सचिव पदमा विश्वदीप लिङ्देन टोमलाल राजबंशीले अग्रता जारी राखेका छन लिङ्देनले ५७१ राजबंशीले ४८१ मत पाएका छन

सचिवका उम्मेद्वार नविन बिमलीले ३५१ कृष्ण हुमागाईले २९३ मत पाएका छन

त्यसैगरी, सहसचिवमा पदम लिम्बु उमाराम प्रसाईले अग्रता लिएका छन लिम्बुले ५५१ प्रसाईले ४८३ मत पाएका छन

यता, इलाममा ६०० मतगणना हुँदा डम्बर खड्काको अग्रता कायम खड्काले ३२७ पाएका छन् उपसभापतिमा खगेन्द्र देवान विष्णुकुमारी दाहाल लिम्बुले अग्रता लिएका छन देवानको ३११ लिम्बुको २७३ अन्य उम्मेदवारहरु केदार थापाले २५२ होम दुलालले २६० मत प्राप्त गरेका छन् सचिवमा निरोज खड्गी पूर्ण गौतमले अग्रता कायम गरेका छन् खड्गीको २७१ गौतमको ३१५ मत प्राप्त गरेका छन अन्य उम्मेदवारहरु हुकुमलाल थेवेले २३५ हेमकुमार (विष्णु) कार्कीले २५२ मत प्राप्त गरेका छन सहसचिवमा डालाकुमारी कार्की ३०६ देवेन्द्रकुमार सुवेदी २७८ मतका साथ अगाडी छन अन्य उम्मेदवारहरु प्रविना राईले २०८ चक्र (अभिषेक) एक्तेनले २३६ मत प्राप्त गरेका छन

इलाममा जम्मा हजारमा ८७२ मतदातामध्ये हजार ७२६ मत खसेको थियो

सम्बन्धित समाचार