२०८३ बैशाख ६ गते , आईतबार

युनियन लाइफ बिर्तामोड शाखाद्वारा अभिकर्ता प्रशिक्षण सम्पन्न

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर ११ गते , शनिबार
युनियन लाइफ बिर्तामोड शाखाद्वारा अभिकर्ता प्रशिक्षण सम्पन्न

बिर्तामोड । युनियन लाइफ इन्स्योरेन्स कम्पनी बिर्तामोड शाखाद्वारा अभिकर्ता प्रशिक्षण सम्पन्न गरेको छ । शाखाले शनिबार १ दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । 
बीमा बजारमा छलाङ्ग मारिरहेको युनियनले समय समयमा आफ्ना अभिकर्ताहरुलाई तालिम दिने गरेको कम्पनीका सिनियर एजेन्सी मेनेजर खिवराज दाहालले जानकारी दिए । कम्पनीले अभिकर्ताहरुलाई एजुकेशन दिने पाटोमा अग्रणी रहेको उनले बताए । जबसम्म अभिकर्ताहरुले बीमा, यसको आवश्यक्ता र महत्व नबुझेसम्म बिमितलाई बीमा शिक्षा दिन नसकिने भएकाले अभिकर्ता शिक्षालाई महत्व दिइएको शाखा प्रमुख बद्री भण्डारीले बताए । 
कार्यक्रममा कम्पनीका बिर्तामोड शाखाका मार्केटिङ मेनेजर गोपाल दाहालले बीमाको बैधानिकता, आवश्यकता, महत्व साथै ब्यक्तिको पारिवारिक तथा आर्थिक अवस्थाका आधारमा कत्रो र कस्तो बीमा गर्ने भन्ने बिषयमा जानकारी गराएका थिए । करीब ३० जना उपस्थित प्रशिक्षण कार्यक्रममा कम्पनीका एचिभरहरुलाई सम्मान गरिएको थियो । 
कम्पनीको बिर्तामोड शाखामा हरेक शुक्रबार र शनिबार अभिकर्ता तालिम संचालन गरिने मार्केटिङ मेनेजर दाहालले जानकारी दिए ।  

सम्बन्धित समाचार