२०८३ बैशाख ६ गते , आईतबार

झापाको गाउँ तथा नगरपालिकामा मतदाता नामावली संकलन शुरु हुँदै (तालिका सहित)

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर १२ गते , आईतबार
झापाको गाउँ तथा नगरपालिकामा मतदाता नामावली संकलन शुरु हुँदै (तालिका सहित)

बिर्तामोड निर्वाचनको समय नजिकिएसँगै फोटो सहितको मतदाता नामावली संकलन शुरु हुन लागेको मंसिर १७ गतेदेखि झापाका गाउँ तथा नगरपालिका कार्यालयबाट नामावली संकलन शुरु हुन लागेको हो

आगामी मंसिर १७ गतेदेखि दुई चरणमा नामावली संकलन गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए पहिलो चरणअन्तर्गत बिर्तामोड, अर्जुनधारा, हल्दिबारी, कमल, शिवसताक्षी कनकाईमा मंसिर १७ गतेदेखि पुष गतेसम्म दोस्रो चरणमा मेचीनगर, बुद्धशान्ति, कचनकवल, गौरादह, झापा बाह्रदशीमा पुष गतेदेखि १८ गतेसम्म नामावली संकलन हुनेछ अन्य तीन पालिकाहरु गौरीगञ्ज दमकका नागरिकहरुले सोहि पालिकामा भएको क्षेत्रीय प्रशासन भद्रपुरका नागरिकहरुले जिल्ला प्रशासन कार्यालयबाट नामावली संकलन गराउन सक्ने बताइएको

       नामावली संकलन तालिका


आफ्नो पालिकामा तोकिएको समयमा नामावली संकलनका लागि नभ्याउनेहरुले जिल्ला निर्वाचन कार्यालयमा गएर नाम दर्ता गराउन सकिने

२०६८ यता २०७४ सम्म रंगीन फोटोसहितको मतदाता परिचय पत्र भएकाहरुले पुनः नामावली संकलन गर्नु नपर्ने नेपालले बताए तर, २०६८ अगाडीको अस्थायी मतदाता परिचय पत्र भएकाहरुले भने पुनः नामावली दर्ता गर्नुपर्ने उनले जानकारी दिए

आफ्नो स्थायी बसोबास भएको भन्दा फरक जिल्लामा अस्थायी बसोबास गर्नेहरुले सोहि जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा नागरिकताको प्रमाण पत्र लिएर गए सोहि स्थानबाट बाहिरी जिल्ला दर्ता -ओडीआर_ अन्तर्गत नामावली संकलन गराउन सकिने जिनिअ नेपालले जानकारी दिए तर, नेपालबाहिर रहेकाहरुले मतदाता नामावली संकलनका लागि भने स्वदेश नै आउनुपर्ने उनले बताए यस अघि मतदाता नामावली दर्ता भएको स्थानबाट अन्यत्र जिल्लामा स्थायी बसोबासका लागि बसाईसराइ गइसकेकाहरुले बसाईसराईको प्रमाणपत्र सहित पहिलाको निर्वाचन कार्यालयमा गएर हालको जिल्लामा नामावली सार्न सकिने नेपालले बताए  

हाल झापामा लाख हजार ३१४ जनाको मतदाता नामावली सुचिकृत यस पटकको गणनाबाट ३५ हजार मतदाता थपहुन सक्ने अनुमान गरिएको प्रजिअ एवम जिल्ला कार्यक्रम व्यवस्थापन तथा अनुगमन समिति संयोजक श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए नामावली संकलन बायोमेट्रिक हुने भएकाले दुरुपयोग नहुने उनले बताए जनताले आफ्ना शासक छान्न पाउने कार्यको शुरुवाती चरण नामावली संकलनबाट हुने भएकाले प्रजिअ तिमिल्सिनाले झापाका ३२ वटै राजनीतिक दलका नेताहरुलाई सबै नागरिकलाई यस कार्यमा सहभागी गराईदिन अपिल गरे

प्रजिअ तिमिल्सिनाको अध्यक्षतामा आइतबार जिल्ला प्रशासन कार्यालय झापामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख सानुराम भट्टराई, सशस्त्र प्रहरी बल नम्बर गण झापाका प्रमुख एसपी रमेशकुमार पाण्डे, अनुसन्धान अधिकृत तिलकप्रसाद प्रसाई, सहायक प्रजिअ रुद्रप्रसाद न्यौपाने लगायत राजनीतिक दलका प्रतिनिधी सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो

सम्बन्धित समाचार