२०८३ आश्विन १७ गते , शनिबार

नेपाली कांग्रेस झापाको सभापतिमा देउकुमार थेवे निर्वाचित

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर १२ गते , आईतबार
नेपाली कांग्रेस झापाको सभापतिमा देउकुमार थेवे निर्वाचित

बिर्तामोड । नेपाली कांग्रेस झापाको सभापतिमा देउकुमार थेवे निर्वाचित भएका छन । पार्टीको १४औँ महाधिवेशन अन्तर्गत शुक्रबार भएको जिल्ला अधिवेशनबाट थेवे निर्वाचित भएका हुन ।

थेवेले २५० मतान्तरले  सभापति पदका उम्मेदवार रामबहादुर कट्टेललाई पराजित गरेका हुन । थेबेले १७६५ र कट्टेलले १५१५ मत प्राप्त गरे । उपसभापतिमा केशवराज पाण्डे १८८९ र शेरबहादुर भट्टराई १६७४ मत सहित विजयी भएका छन । अत्य उम्मेदवारहरु प्रेम सम्बाहाम्फेले १४१५ र शमसेर गिरीले १२२१ मत प्राप्त गरे ।

त्यस्तै सचिवमा नविन विमली १८३८ र कृष्ण हुमागाई १६७६ मत सहित निर्वाचित भएका छन भने अन्य उम्मेदवारहरु विश्वदिप लिङदेनले १४३१ र टोमलाल राजवंशीले १३२१ मत प्राप्त गरेका थिए ।

सहसचिवमा कालेन्द्र राजवंशीले १७६५ र कमलप्रसाद भण्डारीले १६६० मत ल्याएर विजयी बने भने अन्य उम्मेदवारहरु उमाराम प्रसाईले १३३७ र पदम लिम्बुले १३४७ मत प्राप्त गरे ।

शुक्रबार सम्पन्न मतदानमा ३३११ मत खसेको थियो ।    

सम्बन्धित समाचार