२०८३ बैशाख ६ गते , आईतबार

आज पहाडी भू-भागमा भारी हिमपात हुन सक्ने

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर १६ गते , विहीबार
आज पहाडी भू-भागमा भारी हिमपात हुन सक्ने

काठमाण्डौँ हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली अरब सागरमा बनेको न्यून चापीय क्षेत्र  आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली  रहेको

बिहीबार देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी बागमती प्रदेशका पहाडी भूभागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सो प्रदेशका उच्च पहाडी हिमाली भूभागका धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपात सम्भावना रहेको छ।

शुक्रबार देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ कर्णाली, गण्डकी, लुम्बिनी बागमती प्रदेशको पहाडी भूभागको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको देशको उच्च पहाडी हिमाली भूभागको केही स्थानहरूमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ। शनिवार भने प्रदेश मा सामान्यदेखि पूर्णतया बदली रही देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ प्रदेश का पहाडी भूभागका एकदुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको

सम्बन्धित समाचार