२०८३ बैशाख ६ गते , आईतबार

माओवादी अब गर्जिनु पर्छ : जनार्दन शर्मा

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर १७ गते , शुक्रबार
माओवादी अब गर्जिनु पर्छ : जनार्दन शर्मा

विराटनगर अर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्मा प्रभाकरले माओवादी अब गर्जिनुपर्ने बताएका छन उनले जनयुद्धकालमा विकास गरेको प्रचण्डपथ विचारधारा पुनः ब्यूँताउनु पर्ने धारणा व्यक्त गरे

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विराटनगर नगरसमितिको पहिलो अधिवेशन उद्घाटन गर्न आएका नेता शर्माले यस्तो धारणा राखेका हुन उनले आउँदो पुस ११ गतेदेखि हुने राष्ट्रिय सम्मेलनले समाजवादको बाटोमा जाने विचार, पार्टी नेतृत्व निर्माण गर्ने दाबी गरे

प्रचण्डपथ छोडेर हामीले गल्ती गर्यौं, केन्द्रीय समितिको बैठकले त्यस्तो निर्णय गरेर गल्ती गर्यो, त्यसले हामीलाई क्षति भयो,’ शर्माले भने, ‘त्यस विचारलाई माथि उठाउनुको सट्टा छोड्यौं, अब त्यसलाई सच्याउनु पर्छ यस्तै मन्त्री शर्माले पार्टीका संगठनलाई व्यवस्थित परिचालन गर्न नसकेको केही मानिस मन्त्री तथा जनप्रतिनिधि भएर अलग वर्ग जस्तो व्यवहार प्रदर्शन गर्दा पार्टी बन्न नसकेको पनि बताए त्यसलाई सच्याएर लाने खालको विचार निर्माणमा आफूहरु लागेको उनको भनाइ थियो विगत २५ वर्षसम्म देशलाई लिड गर्ने विचार प्रचण्ड माओवादीले लिएको अब ५० वर्ष जाने गरि नयाँ विचार निर्माण गर्ने उनको दाबी थियो

यस्तै उनले सामन्ती राजतन्त्र पराजित गरेर, वर्गीय मुक्ति असमानता विरुद्ध आन्दोलन गरेर आएको पार्टीले संविधान जारी गर्दै पछिल्लो समय प्रतिगमनलाई पनि पराजित गरेको बताए गणतन्त्रको लागि लडेको, शान्ति प्रक्रियाको नेतृत्व गरेको, संविधान निर्माण गरेको पछिल्लो पटक प्रतिगमनलाई पछारेको पार्टी त्यसको नेतृत्व प्रचण्ड हामीसँग हुनुहुन्छ,’ उनले भने, ‘अब माओवादी झोक्राएर होइन, गर्जिएर अगाडि बढ्नु पर्छ

राज्यमा भ्रष्टाचार, कुरीति अनियमितता बढेको बताउँदै उनले यसलाई बदल्न पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्था आवश्यक भएकोमा जोड दिए उनले अहिलेको प्रमुख कार्यभार भनेको सामुदायिक पूँजी निर्माण गर्दै राष्ट्रिय पूँजीको विकास गर्नु रहेकोमा जोड दिए

सम्बन्धित समाचार