२०८३ बैशाख ६ गते , आईतबार

नेकपा एमाले इलाममा जिम्मेवारी हेरफेर, अध्यक्षमा महेश बस्नेत

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर १८ गते , शनिबार
नेकपा एमाले इलाममा जिम्मेवारी हेरफेर, अध्यक्षमा महेश बस्नेत

इलाम नेकपा एमाले इलाम जिल्ला कमिटीको जिम्मेवारी हेरफेर गरिएको शनिबार बसेको सचिवालय बैठकले जिम्मेवारी हेरफेर गरेको हो सचिवालय बैठकले अध्यक्षमा महेश बस्नेतलाई चयन गरेको

भर्खरै सम्पन्न नेकपा एमालेको १०औँ महाधिवेशनबाट अध्यक्ष रामबहादुर राना केन्द्रीय सदस्यमा निर्वाचित भएपछि जिल्ला कमिटी अध्यक्षको जिम्मेवारी बस्नेतलाई दिइएको हो बस्नेत यस अघि जिल्ला सचिव थिए उपाध्यक्ष भक्त केसी नेकपा एकीकृत समाजवादीमा लागेपछि सचिवले नेतृत्व लिनु परेको एमालेले जनाएको

त्यस्तै, आजैबाट संगठन विभाग प्रमुखको जिम्मेवारी उमेश गुरुङ, प्रचार विभागको प्रमुखमा प्रकाश अधिकारी, बुद्धिजीवी परिषद्को प्रमुखमा नरेन्द्रनाथ भट्टराई, अर्थ विभागको प्रमुखमा डा. देवी क्षेत्री दुलाललाई दिएको यसभन्दा पहिलो संगठन विभागको प्रमुखमा महेश बस्नेत प्रचार विभागको प्रमुखमा उमेश गुरुङ रहेका थिए

यस्तै, आजकै बैठकले अखिल नेपाल महिला संघको सहइञ्चार्जमा रिपल राई, खेलकुद महासंघमा दीपक गौतम, सूर्योदय नगरपालिकाको इञ्चार्जमा महेश बस्नेत, इलाम क्षेत्र नं.  को इञ्चार्जमा नरेन्द्रनाथ भट्टराई, बुद्धिजीवी परिषद्को अध्यक्षमा नरेन्द्रनाथ भट्टराई तोकेको जनाइएको

सम्बन्धित समाचार