२०८३ बैशाख ६ गते , आईतबार
माओवादी केन्द्र गौरादह नगर अध्यक्षमा घिमिरे
बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) गौरादह नगर समितिको अध्यक्षमा डण्डीराज घिमिरे (विवेक) चयन भएका छन् । अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा माधव भट्टराई, उपाध्यक्षमा कुमार खतिवडा र सुलोचना राजवंशीलाई चयन गरेको छ ।
त्यस्तै सचिवमा शेरबहादुर कार्की, सहसचिवमा गणेश राजवंशी र कोषाध्यक्षमा पबित्रा शिवा चयन भएका छन् । नगर इन्चार्ज हुकुम नेपालीको अध्यक्षतामा भएको अधिवेशन प्रदेशसभा सदस्य तथा पार्टीका झापा सह–इन्चार्ज झलकसिंह दर्लामी (सन्देश) र पार्टीका झापा संयोजक मणिकुमार साम्पाङ (विजय) को आतिथ्यता रहेको थियो ।