२०८३ आश्विन १७ गते , शनिबार

उद्धव थापा नेपाली कांग्रेस प्रदेश १ सभापतिमा विजयी

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर २० गते , सोमबार
उद्धव थापा नेपाली कांग्रेस प्रदेश १ सभापतिमा विजयी

बिर्तामोड । नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा विजयी भएका छन । देउवा–सिटौला पक्षका थापाले रामचन्द्र पौडेल पक्षका गुरु घिमिरेलाई पराजित गरेका हुन ।

थापाले ८४४ मत ल्याएर प्रदेश १ सभापतिमा जीत हात पारेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी घिमिरेलाई २ मतान्तरले पराजित गरेका हुन् । थापा नेपाली कांग्रेस झापाको निवर्तमान सभापति हुन् ।

१७५२ मत खसेकोमा घिमिरेले ८४२ मत पाएका छन् । प्रदेश १ मा कांग्रेस सभापतिका लागि शनिबार मतदान भएको थियो ।

उपसभापतिमा संस्थापन पक्षका रमेशजंग रायमाझी ८९१ र टंकप्रसाद राई ८४७ मतसहित विजयी भएका छन् ।

संस्थापन इतरका उम्मेदवार गोविन्द प्रसाद ढुंगानाले ९केदार०ले ७६५ र विश्वनाथ रिजाल ९त्रिलोचन०ले ६६९ मत पाए ।

महामन्त्रीमा संस्थापन पक्षका भूपेन्द्र राई ८२४ र संस्थापन इतरका उमेश थापा ८२३ मत सहित विजयी भएका छन् । महामन्त्रीका अन्य उम्मेदवार पदम सुन्दर पालुङ्गवाले ८०७ र दिपन कुमार श्रेष्ठले ७६४ मत पाएका छन् ।

सहमहामन्त्रीमा खड्ग फागो लोकप्रिय मतसहित विजयी भए । उनले १०२६ मत पाएका छन् । यसैगरी अर्को सहमहामन्त्री पदमा प्रमिल गच्छदार ८३७ मतसहित विजयी भइन् ।

सहमहामन्त्रीका अन्य उम्मेदवारहरु विनोदकुमार बस्नेतले ७४७, सीता कार्कीले ७३३, रोहित कुमार शाहले ६६५, विरकाजी राईले ६४७ र शुभन्द्र राईले ८४ मत पाए ।

सम्बन्धित समाचार