२०८३ बैशाख ६ गते , आईतबार
लागू औषधसहित दुई भारतीय पक्राउ
बिर्तामोड । प्रहरीले लागू औषध सहित दुई भारतीयलाई पक्राउ गरेको छ । सोमबार अपरान्ह ४ बजे मेचीनगर ६ स्थित मेची पुलबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत पंजाब फ्रोजपुर घर बताउने २५ बर्षीय केयर सिंह र मौगा घर बताउने २५ बर्षीय सुखजित सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । उनका अनुसार लागू औषध नियन्त्रण व्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुको साथबाट खैनीको बट्टामा लुकाएर ल्याउँदै गरेको अवस्थामा ११ ग्राम अफिम जस्तो देखिने पदार्थ बरामद गरेको छ । पक्राउ परेकाहरुलाई इप्रका काँकरभिट्टामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।