२०८३ बैशाख ६ गते , आईतबार
एकसाथ स्थानीय तहका सोह्र सय बढी कर्मचारीको सरुवा
काठमाण्डौ । सरकारले झण्डै नौ महिनापछि स्थानीय तहका एक हजार ६१३ कर्मचारीको एकसाथ सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सुचना जारी गरी मंसिर १९ र २० गतेको निर्णयअनुसार ती कर्मचारीहरुको सरुवा गरेको जनाएको छ ।
मन्त्रालयले स्थानीय तहमा कार्यरत ती कर्मचारीलाई अन्तर स्थानीय तह कामकाजका नाममा सरुवा गरेको हो ।
सरकारले यसअघि पनि स्थानीय तहका कर्मचारीको सरुवा गरेको थियो । तत्कालीन संघीय मामिलामन्त्री गणेश ठगुन्नाले गत २९ माघमा लोकसेवा आयोगको सिफारिसमा नियुक्त भई खटिएका कर्मचारीलाई कामकाजका लागि अन्तरस्थानीय तहमा खटाउने निर्णय गरेका थिए । तर, उनले १ चैतमा अन्तर स्थानीय तह सरुवा रोकिदिएका थिए । योबीचमा संघीय मामिला मन्त्री र मन्त्रालयका उच्च अधिकारीको जोडबलमा अन्तरतह सरुवा हुँदै आए पनि नियमतः सरुवा खुलेको थिएन