२०८३ बैशाख ५ गते , शनिबार

एकैपटक शिलन्यास भएको ३९६ अस्पतालको निर्माण गति सुस्त

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर २२ गते , बुधबार
एकैपटक शिलन्यास भएको ३९६ अस्पतालको निर्माण गति सुस्त

काठमाडौँ तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले एक बर्ष अघि एकैपटक शिलन्यास गरेको सय ९६ अस्पतालको निर्माण भने कछुवाको गतिमा पूर्व तयारी बिना नै सस्तो लोकप्रियताका लागि अस्पतालको शिलन्यास गरिएकाले निर्माण कार्यले गति लिन नसकेको हो

सरकारले पालिकास्तरमा आधारभूत अस्पताल बनाउने लक्ष्यका साथ शिलन्यास गरेको एक वर्ष पूरा भए पनि सोचे अनुरुपको काम हुन सकेको छैन धेरै स्थानमा जग्गा विवाद, आर्थिक तथा राजनीतिक विवादले काम सुरु हुन नसकेको देखिएको

स्वास्थ्य क्षेत्रमाकायापलट हुनेभन्दै गत वर्ष मंसिर १५ गते सय ९६ तहमा एकै दिन तत्कालीन प्रधानमन्त्री ओलीले आधारभूत अस्पतालको शिलन्यास गरेका थिए दुई वर्षभित्र सञ्चालनमा ल्याइसक्ने भनिएपनि हालसम्म कतिपय पालिकाहरुमा अस्पतालको निर्माण कार्य शुरु नै भएको छैन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश मा ८६ पालिकामा, प्रदेश गण्डकी प्रदेशमा ५३ पालिका, बागमती प्रदेशमा ५१ पालिका, लुम्बिनी प्रदेशमा ५७ पालिका, कर्णाली प्रदेशमा ४२ पालिका सुदूरपश्चिम प्रदेशमा ५४ पालिकामा अस्पताल बनाउनका लागि एकैसाथ शिलान्यास गरिएको थियो शैय्याका ५२, १० शैय्याका १०९ १५ शैय्याका २३५ अस्पताल बनाउने लक्ष्य सरकारको रहेको

सरकारी तथ्यांक अनुसार सय ५३ स्थानीय तहमध्ये अस्पताल नभएकाको संख्या सय ४९

२०५ मात्र सम्पर्कमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाको मंसिर २० गतेसम्मको तथ्यांक अनुसार ३९६ मध्ये हालसम्म २०५ अस्पतालहरुले टेन्डर भएको भनेर टेलिफोनमार्फत टिपाइएको त्यसैगरी टेलिफोनबाटै सम्झौता भएको भनेर टिपाउनेको संख्या १५२ रहेको सम्झौतापत्र प्राप्त भएको संख्या भने १२९ वटा रहेको साथै १०० वटालाई रकम निकासा गरिएको महाशाखाले जनाएको

सरकारले आधारभूत अस्पताल बनाउने योजनाअनुसार करिब ५८ अर्ब बजेट अनुमान गरेको सय ९६ तहमा अस्पताल निर्माण गर्न अर्बभन्दा बढी रुपैयाँ स्थानीयतहमा पठाइसकिएको बताइएको थियो तर, अधिकांश ठाउँमा समयमा काम नहुँदा रकम फ्रिज भएको देखिएको

आव २०७८/०७९ बाट मंसिर २० गतेसम्मको प्राप्त तथ्यांकले २५९ वटा अस्पताल निर्माणको प्रक्रियामा आएका महाशाखाले जनाएको प्रक्रियामा आएको अस्पतालको संख्या १३३ भने डीपीआर प्रक्रिया सुरु भएकाहरुको संख्या ७३ रहेको महाशाखाका अनुसार डीपीआरको प्रतिक्रिया सही भएको संख्या २९ वटा रहेका छन् २३ वटा अस्पतालहरुलाई बजेट निकासा भइसकेको निरीक्षक सुरत खड्काले जानकारी गराए

उनका अनुसार , १० १५ शैय्याका अस्पताललाई क्रमशः करोड, १५० करोड करोडका हिसाबले पहिलो किस्ता रकम पठाइसकिएको

महाशाखाका जनस्वास्थ्य निरीक्षक सुरत खड्काले अघिल्लो वर्षभन्दा कामहरु राम्ररी विस्तार भएको दाबी गरे उनले भने– ‘सम्झौता गरिसकेर पैसा निकासा भएकाले निर्माण सुरु गरिसकेका छन् त्यो बाहेकका पनि धेरैले काम गरिरहेका छन् केही सम्पर्कमा आएका छैनन् टेन्डर गर्ने अनि सम्झौता गर्ने काम स्थानीय तहले नै हो हामीले पुनरावलोकन गर्ने हो

उनले सोचेजस्तो काम हुन नसकेकोमा विभिन्न कारणहरु हुनसक्ने बताउँदै काम नै नभएको भन्न नमिल्ने बताए अपवादको रुपमा कहीँ जग्गा नपुगेको, जग्गा पुगेर पनि राजनीतिक हिसाबले सहमति नभएका पनि हुनसक्छन्, हामीले पटकपटक पत्राचार गरेका छौं बनाउने कुरामा ढिलासुस्ती भएको होला त्यो आफ्नो ठाउँमा ,’ उनले भने, ‘गतवर्ष एकैचोटी उद्घाटन भए फेरी कोभिड महामारीले गर्दा मान्छेहरुलाई चासो भएन अहिले जनप्रतिनिधीहरुले पनि यसमा चासो देखाइरहेका छन्

सम्बन्धित समाचार