२०८३ बैशाख ६ गते , आईतबार

भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुग्यो

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर २२ गते , बुधबार
भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुग्यो

एजेन्सी । भारतको तलिमनाडुको कुन्नुरको जंगलमा भएको सेनाको एमआई-१७ हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। सो हेलिकप्टरमा चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, उनकी पत्नी मधुलिका समेत सेनाका १४ अफिसर सवार थिए ।
दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको र जनरल रावतको स्थिति गम्भीर रहेको न्युज एजेन्सी एएनआईलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । दुर्घटनामा अधिकांश शवहरु जलेका छन् ।
रक्षामन्त्री राजनाथ सिंहले बिहीबार घटनाबारे संसद्लाई जानकारी दिने सञ्चारमाध्यामहरुले जनाएका छन् । रावत सन् २०२० जनवरी १ मा देशको पहिलो चिफ अफ डिफेन्स स्टाफ नियुक्त भएका थिए । वायु सेनाले घटनाको कारण पत्ता लगाउन जाँचको आदेश दिएको छ ।

सम्बन्धित समाचार