२०८३ बैशाख ६ गते , आईतबार

झापा अध्यक्ष कप क्रिकेटको उपाधी मेचीनगरलाई

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर २३ गते , विहीबार
झापा अध्यक्ष कप क्रिकेटको उपाधी मेचीनगरलाई

बिर्तामोड झापाको झापा गाउँपालिकामा सम्पन्न अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेटको उपाधी मेचीनगर नगरपालिकाले हात पारेको मेचीनगरले झापा गाउँपालिकालाई हराउँदै उपाधी हात पारेको हो

झापा गाउँपालिका स्थित जनकल्याण माविको खेल मैदानमा बिहीबार सम्पन्न फाइनल खेलमा मेचीनगरले ९२ रनले झापालाई पराजित गरेको हो टस हारेर ब्याटिङ गरेको मेचीनगरले निर्धारित २० ओभरको खेलमा विकेट गुमाएर २०० रन बनाएको थियो

२०१ रनको विजयी लक्ष्य पछ्याएको झापाले १७ दशमलब ओभरमा सबै विकेट गुमाउँदै १०८ रन मात्र बनाएको थियो

मेचीनगरको तर्फबाट व्याट्स म्यान क्षितिज पोर्तेल ले ६५ बलमा सेन्चुरी पुरा गर्दै १०२ रन, सुरज केसीले २७ बलमा ४० रन राजु बिश्वकर्माले बलमा ११ रन जोडे झापाको बलिङ तर्फ सज्जाद आलमले विकेट,प्रदिप कुमारले विकेट अंकित दासले विकेट लिएका थिए

त्यस्तै दोस्रो इनिङ्गमा झापाको व्याट्स म्यान दुखिया राजंबंशीले २८ रन, सज्जाद आलमले १५ रन बनाए भने अरु व्याट्स म्यानहरुले उल्लेख्य अंक जोड्न सकेनन ।बलिङ तर्फ मेचीनगरका प्रेम सिंहले विकेट, राज थापाले विकेट, राजु बिश्वकर्माले विकेट संदिप ढुंगानाले विकेट लिए

खेलको विजेता बनेको मेचीनगरले ४० हजार नगद सहित ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गरेको त्यस्तै उपविजेता टिम झापाले नगद २५ हजार सहित ट्रफी, मेडल प्रमाणपत्रमा चित्त बुझाएको खेलमा म्यान अफ म्याच, वेस्ट व्याट्समेन म्यान अफ सिरिज मेचीनगरका क्षितिज पोर्तेल घोषित भए त्यस्तै प्रतियोगितामा वेस्ट वलर बाह्रदशीका अल्मास आलम, वेस्ट विकेट किपर झापाका संजय पौडेल फेयर प्ले अवार्ड सगरमाथा युथ क्लब घोषित भयो

सम्बन्धित समाचार