ज्यान मुद्धाका फरार प्रतिवादी ७ बर्षपछि पक्राउ
बिर्तामोड । सवारी ज्यान मुद्धाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । सात बर्षअघि फैसला भएपनि फरार रहँदै आएका दोर्णे भनिने दिपक पोखरेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
साविक दमक नगरपालिका वडा नम्बर ३, झापा र हाल पथरीशनिश्चरे नगरपालिका १ मोरङ निवासी पोखरेललाई जिल्ला अदालत झापाले २०७१ असोज ३० गते सवारी ज्यान मुद्धामा दोषी ठहर गरेको थियो । अदालतले पोखरेललाई २ बर्ष कैद र २ हजार रुपैँया जरिवाना हुने फैसला गरेको थियो । तर फरार रहँदै आएका पोखरेललाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले शुक्रबार पक्राउ गरी अदालतमा उपस्थित गराएको जिप्रका झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । पाठकका अनुसार पौडेललाई पीसीआर रिपोर्ट नेगेटिभ नआउञ्जेल जिल्ला प्रहरी कार्यालय झापामा राखिएको र रिपोर्ट नेगेटिभ प्राप्त भएपश्चात फैसला कार्यान्वयनका लागि कारागार कार्यालय चन्द्रगढी पठाइनेछ ।