२०८३ बैशाख ६ गते , आईतबार

बस र भ्यान ठोक्किँदा भ्यान चालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर २५ गते , शनिबार
बस र भ्यान ठोक्किँदा भ्यान चालकको मृत्यु

बिर्तामोड झापाको चारपाने राजगढ सडकखण्ड अन्तर्गत बाह्रदशी त्रिवेणी चोकमा शनिबार विहान भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको विहान बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको प्र. ०१००१ ३५२४ नम्बरको बस विपरित दिशाबाट आउँदै गरेको मे २२२६ नम्बरको भ्यान एक आपसमा ठोक्किँदा भ्यान चालक बाह्रदशी भागडुब्बाका ३४ बर्षीय मिलन भनिने प्रमोदचन्द्र उप्रेतीको मृत्यु भएको प्रहरीले जनाएको

दुर्घटनाबाट घाइते उप्रेतीको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको शव अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए भ्यानमा सवार सोही स्थानका ५५ बर्षीया गिता घिमिरे, ५५ बर्षीया कुमारी निरौला, २१ बर्षीया रञ्जिता निर्राला, १७ बर्षीया दुर्गा घिमिरे कचनकवल बस्ने १२ बर्षीय विशाल पौडेल घाइते भएको अस्पतालमा उपचार भइरहेको उनले बताए घाइते मध्ये दुर्गा घिमिरेको हात दुवै खुट्टा भाँचिएको प्रहरीले जनाएको

बस चालक बाह्रदशी निवासी अन्दाजी ३४÷३५ बर्षको हर्कबहादुर विक इलाका प्रहरी कार्यालय घैलाडुब्बाको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको  

सम्बन्धित समाचार