२०८३ बैशाख ६ गते , आईतबार

किन कुँदियो टुँडालमा यौन आसनको आकृति ?

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर २६ गते , आईतबार
किन कुँदियो टुँडालमा यौन आसनको आकृति ?

काठमाडौं उपत्यकाका मन्दिरका टुँडालमा प्रशस्तै यौन आकृतिहरू कुँदिएको देख्न पाइन्छ कतिपय मन्दिरमा टुँडालमा मात्र नभई ढुंगा धातुको मूर्तिमा समेत यौन आकृति पाइन्छ शंखमूलघाटको एक मूर्तिमा पुरुष यौनाङ्ग प्रष्टसँग देखाइएको भने त्रिपुरेश्वर घाटमा पनि यस्ता मूर्ति पाइन्छन्

भक्तजनहरूले त्यही यौनांगमा अबिर-केसरी लगाएर पूजासमेत गर्छन् कतिले शिवलिंग मानेर कतिले शक्तिको प्रतीक मानेर मूर्तिपूजा गर्ने गरेको शंखमूल मन्दिरका पूजारी विष्णुमान बताउँछन्

उनी भन्छन्, ‘पूजा गर्न आउने महिलाहरूले शिवलिंग तथा शक्तिको प्रतीक मानेर पुरुष यौनाङ्गको पूजा गर्छन् साथै कतिले निःसन्तान हुनबाट बच्न पनि यौनांगको पूजा गर्छन्

शताब्दीऔं अगाडि बनेका यी मन्दिरका किन रतिकि्रया (यौन-सम्पर्क) नै कुँदियो भन्ने जिज्ञासा धेरैलाई हुन सक्छ यद्यपि नेपालका सबै मन्दिरमा यौन आकृति कुँदिएको छैन हनुमानढोकाको विश्वनाथ मन्दिर, ललितपुरको चारनारायण, कीर्तिपुर तथा भक्तपुर दरबार क्षेत्रका अधिकांश मन्दिरका टुँडालमा सम्भोग गरिरहेका स्त्री-पुरुषको आकृति कुँदिएको

टुँडालमा मात्रै किन यस्तो आकृति कुँदियो भन्नेमा ठोस प्रमाण नभएपनि टुँडाल-कलाबारे विज्ञहरूको एकमत पाइन्छ

सामान्यतः मन्दिरमा गारोको भागबाट ४५ डिग्रीको कोणमा छाना अड्याउन प्रयोग गरिने बलियो काठलाईटुँडालभनिन्छ वास्तुकलाको नियमअनुसार टुँडालको माथिल्लो भागमा कल्पवृक्ष अर्थात् रूख, फूल आदि कुँदिएको हुन्छन् त्यस्तै दोस्रो भागमा देवीदेवताको आकृति हुन्छ तेस्रो भागमा भने गन्धर्व, यक्ष, किन्नर तथा रतिक्रीडामा मग्न रहेका स्त्री-पुरुष कुँदिएको हुन्छ

संस्कृतिविद् जगमान गुरूङ भने टुँडालमा कुँदिएका यौन आकृति अश्लिलजस्तो देखिए पनि यसले सृष्टीको तत्त्वबोध गराउने बताउँछन् उनका अनुसार यस्ता आकृतिले मानिसलाई यौनप्रति जिज्ञासा उत्पन्न गराई सृष्टीको गुहृय रहस्य थाहा पाउन मद्दत गर्छ

महिला पुरुषको सम्भोगबाट सृष्टि निर्माण हुने सिद्धान्तलाई सरलीकृत गरी काष्ठकलामा प्रस्तुत गर्न यस्तो बनाइएको होगुरुङले भने, ‘पूर्वीय दर्शनमा कामसुत्रजस्ता ग्रन्थको रचना भइसकेको हुँदा टुँडालमा यौन आकृति हुनु अनौठो कुरा होइन

संस्कृतविद् डा.डिल्लीराज शर्माका अनुसार १३ औं शताब्दीदेखि १४औं शताब्दीमा बनाइएका मन्दिरका टुँडालमा यौन आकृति बढी पाइन्छ त्यसभन्दा पहिला टुँडालमा महिला पुरुष -देवी-देवता) उभिएको आकृतिमात्र बनाइन्थ्यो अर्थात्, लिच्छवीकालीन समयमा बनेको मन्दिरमा यस्तो आकृति पाइँदैन १३ औं शताब्दीमा तन्त्रविद्याको प्रभाव समाजमा बढेपछि मात्र मन्दिरमा यौन आकृति कुँद्न थालिएको उनी बताउँछन्

मानिसले गर्ने धेरै क्रियाकलाप जानी-नजानी यौनसँग सरोकार राख्ने खालको हुन्छ त्यसैकारण सहरका काष्ठकला, धातुकला भित्तामा यौनको चित्रण पाइने फ्राइडले बताएका छन्

यौन आकृति कुँद्नुको दुई मुख्य कारण रहेको बताउने शर्मा भन्छन्, ‘पहिलो, त्यतिबेलाका राजाले तन्त्र विद्यालाई प्रभावित पार्न यौन आकृति बनाइयो दोस्रो, आम जनतालाई यौनको जानकारी दिन वा यौन चेतना तीव्र बनाउन यस्तो बनाइयो

टुँडालमा बनाइएका यौन आकृति आसनहरू कामसुत्र-कलाबाट लिएको हुन्छ आचार्य वात्स्यायनले लेखेको ग्रन्थबाट नै यस्ता आकृति बनाइएको हुन्छ वात्स्यायनलेकामसुत्रमा वर्णन गरेका ८४ यौन आसनमध्ये ४८ आसन काठमा खोपिएको दत्रातय मन्दिर यो मन्दिरको बाहिरपट्टकिो भित्तामा भएको काष्ठकलामा ४८ आसन भएका यौनक्रीडा देखाइएको टुँडालमा मात्र नभई मीनदरका अन्य काठमा समेत यौनकि्रया देखाइएको तर अधिकांश मन्दिरमा टुँडालको तलपटि्ट नै यौन आकृति कुँदिएको हुन्छ

कामसूत्रका आसन भएको मन्दिर भएकाले दत्तात्रय मन्दिरलाईयौन सिकाउने देवताको रुपमा समेत लिइन्छ

इटालियन अन्वेषक जिसेप टुचीले नेपाली मन्दिरहरूमा पाइने यौनिक बिम्बलाई समेटेर सन् १९६० मारतिकलानामक पुस्तक लेखेका थिए त्यसमा पनि उनले तत्कालीन जनताहरुलाई यौनको विषयमा जानकारी दिनको लागि तयार पारिएको कलाका रुपमा उल्लेख गरेका छन्

किंवदन्तीले छोपिएको सत्य

मन्दिरका टुँडाल तथा मूर्तिमा बनाइएका यौन आकृतिबारे नेपाली समाजमा अनेकौं किवंदन्ती पाइन्छ कतिले मन्दिरमा यौनजन्य संकेतका कला राख्दा चट्याङ नपर्ने तथा मन्दिरमा क्षति नहुने बताउँछन् कतिले सम्भोगलाईशक्तिको प्रतीक मान्दै टुँडाल बलियो होस् भनेर सम्भोगरत स्त्रीपुरुष बनाइएको बताउँछन्

यस्तै मध्यकालमा बौद्धमार्गीहरूको संख्या बढी भई धर्मकै कारण मानिसले बैबाहिक जीवन त्यागेर साधु जीवन बिताउन थालेपछि राजाकै आदेशमा टुँडालमा यौन आकृति राखिएको बताउँछन् तत्कालीन हिन्दु राजाहरूले रैतीहरूलाई सांसारिक जीवनमा ल्याउन टुँडाललाई हतियार बनाएको धारणा धेरैले राखेका छन्

यता के पनि विश्वास भने, मन्दिरमा पस्दा मानिसले नराम्रा विचार कुभावना बाहिरै फालेर पस्नुपर्छ मन्दिरको बाहिर नै कामुक कला कुँदेर भक्तजनको मन पवित्र बनाउन टुँडालमा यौन आकृति बनाइएको पनि मान्यता

अर्कोतर्फ मध्यकालमा मुश्लिम राज्यको आक्रमणलाई रोक्न टुँडालमा यौनकला देखाइएको बताउनेहरू पनि छन् त्यतिबेला हिन्दु धर्मावलम्बीलाई मुश्लिम शासकहरूको डर थियो मुस्लिमहरू नग्न कामुक वस्तुहरूको नजिक पर्दैनन् भन्ने सोचाइले टुँडाल बनाइएको किवंदन्ती

मनोविज्ञ सिग्मन्ड फ्राइडको खोजअनुसार मानिसको मस्तिस्कमा अधिकांश समय यौनले प्रधानता पाइरहेको हुन्छ मानिसले गर्ने धेरै क्रियाकलाप जानी-नजानी यौनसँग सरोकार राख्ने खालको हुन्छ त्यसैकारण सहरका काष्ठकला, धातुकला भित्तामा यौनको चित्रण पाइने फ्राइडले बताएका छन् जसबाट पश्चिमा देशका नगरमा यौन आकृतिहरू प्रशस्तै रहेको प्रमाणित हुन्छ

टुँडालको मर्म बुझ्न सकेनौं : कृष्ण धराबासी

टुँडाल उपन्यास लेख्दा मैले टुँडाल यौन आकृतिमाथि अनुसन्धान गरिएका सोधग्रन्थहरू अध्ययन गरेँ भक्तपुरका बुढापाकाहरूसँग पनि टुँडालमा किन रतिरागको नै आकृति राखिन्छ भनेर सोधेँ त्यतिबला धेरै मानिसले सुनाउने कथा एकैखालको हुन्थ्यो

१३ औं शताब्दीतिर काठमाडौं उपत्यकामा बौद्ध धर्म अवलम्बन गर्नेको संख्या बढ्दै गएपछि राज्यले जनतामा यौनको भोक जगाउन यसो गरेको भन्ने तर्कसँग भने धेरैजना नजिक छन्

आज ती सबै जानकारीलाई संलेश्षण गर्दा के भन्न सकिन्छ भने, टुँडालले एकमात्र अथए दिँदैन यसको अर्थ विस्तृत यो केवल यौन सम्पर्क देखाउनमात्र प्रयोग गरिएको होइन टुँडालले रतिरागमात्र सिक भनेको होइन यौन कर्मबाट हाम्रो सृष्टी चलेको हुनाले सृष्टी गर्नेहरूको सम्मान गर भनेको हो हामी महिलालाई चरित्रहीन भन्छौं, यौनकै कारण यौनकै कारण महिलामाथि अत्याचार गर्छौं तर त्यही आमाको योनीबाट आफू जन्मेको कुरा बिर्सन्छौं टुँडालले यौनको सम्मान गर भन्ने अर्थ दिन्छ

अर्कोतर्फ, आजको समाजभन्दा मल्लकालीन समाज यौनको मामिलामा उदार थियो भन्ने कुरा टुँडालले देखाउँछ आज एउटा माथिल्लो जातको महिलाले तल्लो जातको पुरुषसँग प्रेम गरेर विवाह गर्न खोजी भने तल्लो जातका मानिसलाई पिटेरै मार्छन् प्रेम यौनको मामिलामा आजको समाज ढोंगी बाहिर एउटा आदर्श पाल्छ, भित्र कुकर्म गर्छ कामवासनाले लिप्त हुन्छ

यसर्थ टुँडालले सधैं सृष्टीको सम्मान गर, यौनिकता मातृत्वको बोध गर भनेजस्तो मलाई लागिरहन्छ

अनलाइन खबरबाट

सम्बन्धित समाचार