२०८३ बैशाख ६ गते , आईतबार

पहिरो पीडितलाई नगद सहयोग

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर २६ गते , आईतबार
पहिरो पीडितलाई नगद सहयोग

इलाम इलामको फाकफोकथुम गाउँपालिकाले पहिरोपीडित परिवारलाई नगद सहयोग गरेको गत कात्तिक पहिलो हप्ता आएको बेमौसमी वर्षाका कारण फाकफोकथुम गाउँपालिकाम जनधनको क्षति भएको थियो

पहिरोका कारण परिवारका सदस्य गुमाएका परिवारलाई गाउँपालिकाले चार लाख रुपैँयया सहयोग गरेको गाउँपालिका अध्यक्ष राम श्रेष्ठ, उपाध्यक्ष सरु राई वडाध्यक्ष राजु पौडेलले नैनसिंह कटुवाल परिवारको घरमै पुगेर सो रकम हस्तान्तरण गरेका छन पहिरोका कारण कटुवाल परिवारका चार जनाको मृत्यु भएको थियो साथै गाउँपालिकाको तर्फबाट घर निर्माणका लागि रु एक लाख थप सहयोग गर्ने गाउँपालिकाले जनाएको

सरकारले पहिरोका कारण मृत्यु भएका परिवारलाई यसअघि नै प्रतिमृतक दुई लाख रुपैँया नगद सहयोग गर्ने घोषणा गरेको बेमौसमी वर्षासँगै आएको पहिरोले पुरेर कात्तिक गते फाकफोकथुम का एकै घरका चार जनाको मृत्यु भएको थियो सो परिवारलाई राहत वितरण भइसकेको फाकफोकथुम का दुई जना मृतकका परिवारलाई पनि राहत दिने तयारी भइरहेको पालिकाले जनाइएको बाढीपहिरोमा परी फाकफोकथुम गाउँपालिकामा मात्र जनाले ज्यान गुमाएका थिए पहिरोका कारण फाकफोकथुम का ८६ वर्षीय नैनसिंह कटुवाल, ७५ वर्षीया रणजता थापा, १५ वर्षीया निशाना कटुवाल १२ वर्षीय निश्चित कटुवालको मृत्यु भएको थियो त्यस्तै फाकफोकथुम का ३० वर्षीया बिना शेर्मा, १४ वर्षीय आइतबहादुर राईको पनि पहिरोका कारण मृत्यु भएको थियो जिल्लामा पहिरोका कारण १५ जनाको ज्यान गएको थियो यसअघि नै पीडितको घरमै पुगेर सरकारको तर्फबाट राहत वितरण भइसकेको

सम्बन्धित समाचार