२०८३ बैशाख ६ गते , आईतबार
पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्नलाई जन्मकैद
काठमाडौं । पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न रहेको आरोप लागेका तीन जनालाई जिल्ला अदालत दैलेखले जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला अदालतले आइतबार थापाको हत्याको योजनाकार भनी आरोप लागेका बमबहादुर थापा (अरुण) सहित बमबहादुर खड्का (मुक्ति) र केशव खड्कालाई २० वर्षको कैद सजाय सुनाएको स्रेस्तेदार इन्द्रबहादुर कार्कीले बताए ।
मुलुकी ऐनमा जन्मकैदको सजाय भए २० वर्ष कैद हुने व्यवस्था छ । न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले तीनजना आरोपितहरूलाई दोषी ठहर गरेको हो ।
आरोपितमध्ये अर्का भक्तिराम लामिछानेलाई तीन वर्षको कैद सजाय भएको छ ।