२०८३ बैशाख ६ गते , आईतबार

भन्सार कार्यालय भद्रपुरका प्रमुखसहित चार जना विरुद्ध मुद्धा दायर

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर २८ गते , मंगलबार
भन्सार कार्यालय भद्रपुरका प्रमुखसहित चार जना विरुद्ध मुद्धा दायर

 

बिर्तामोड । झापाको भद्रपुरस्थित भद्रपुर भन्सार कार्यालयका प्रमुखसहित चार जना विरुद्ध राजश्व अनुसन्धान विभागले मुद्धा दायर गरेको छ । विभागले कार्यालय प्रमुख प्रमोद पौडेल तथा नायब सुब्बाहरु किशोर आचार्य, नानुका पोखरेल आचार्य र लक्ष्मी विश्वकर्मा विरुद्ध राजश्व छलीको मुद्धा दायर गरेको हो ।

उनीहरु विरुद्ध मालबस्तु जाँचपासमा लापरबाही गरी राजश्व चुहावट गर्न सहयोग गरेको अभियोगमा सोमबार उच्च अदालत विराटनगरमा सोमबार मुद्धा दायर गरेको हो । विभागले उनीहरु विरुद्ध १ करोड ६० लाख ७५ हजार ३ सय ७८ रुपैँया बराबर विगो माग दाबीसहित मुद्धा दायर गरिएको छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टा मातहत रहँदै आएको भद्रपुर छोटी भन्सार कार्यालयलाई २०७५ साउन १ देखि भन्सार कार्यालयको मान्यता दिएको थियो । तर पूर्वाधार बिनै भन्सार कार्यालयको मान्यता दिएको कार्यालयमा हालसम्म पनि भन्सार एजेन्टको व्यवस्था छैन । एजेन्ट नहुँदा प्रज्ञापन पत्र लगायत सम्पूर्ण कार्य कार्यालयका कर्मचारीको भरमा नै चल्दै आएको छ ।

सम्बन्धित समाचार