२०८३ आश्विन १६ गते , शुक्रबार

मावि शिक्षकको विज्ञापन खुल्यो (विज्ञापनको लिंक सहित)

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर २९ गते , बुधबार
मावि शिक्षकको विज्ञापन खुल्यो (विज्ञापनको लिंक सहित)

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको छ ।

पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ ।

नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयका जम्मा एक हजार ५४७ जना शिक्षकका लागि विज्ञापन खुलाइएको हो ।

विज्ञापन हेर्न तलको लिंकमा जानुहोस :

https://drive.google.com/file/d/1mJe5sqazj7MiOyRNrJXlFvUlQxzD9MHY/view

सम्बन्धित समाचार