२०८३ बैशाख ६ गते , आईतबार
जागिर लगाइदिन्छु भन्दै ठग्ने पक्राउ
विराटनगर । मोरङको बिराटनगर महानगरपालिका–१० बसपार्कबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जागिर लगाई दिन्छु भन्दै ठगी गरेको आरोपमा गणेशराज अर्याललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गोर्खाको लखन गाउँपालिका–२ का ३८ बर्षीय अर्यालले उदयपुर त्रियुगा नगरपालिका–८ का उमेशकुमार दनुवार र प्रेमकुमार दनुवारलाई जागिर लगाईदिन्छु भन्दै पटक–पटक गरी नगद १ लाख ७३ हजार रकम ठगी गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ परेका अर्यालको सम्मानित जिल्ला अदालत मोरङबाट ठगी कसूरमा म्याद थप गरी अनुसन्धान भईरहेको छ ।