२०८३ आश्विन १६ गते , शुक्रबार

कोरोना विरुद्धको खोप आउने क्रम जारी, तीन दिनभित्रमा करिब ४० लाख डोज आइपुग्ने

sajilo news
परिवेश मिडिया
२०७८ पौष १ गते , विहीबार
कोरोना विरुद्धको खोप आउने क्रम जारी, तीन दिनभित्रमा करिब ४० लाख डोज आइपुग्ने

काठमाडौं । नेपालमा कोभिड १९ विरुद्धको खोप आउने क्रम जारी छ । आज थप १८ लाख ७१ हजार डोज कोभिसिल्ड खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा मार्फत आज भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप आइपुगेको हो ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले कोभ्याक्स अन्तर्गत आज उक्त खोप आएको जानकारी दिए ।

थापाका अनुसार भोलि र पर्सी गरी २१ लाख ७६ हजारलाख डोज कोरोना विरुद्धको खोप  जोन्सन एन्ड जोन्सन नेपाल आउने भएको छ ।

उनका अनुसार भोलि बिहान ७:४५ बजे ७ लाख १९ हजार ६५० डोज आउने छ । बाँकी  १४ लाख ५७ हजार डोज खोप पर्सी आउने थापाले बताए । खोप युनिसेफ मार्फत नेपाल आउन लागेको हो ।

यसअघि अमेरिकाले कोभ्याक्स मार्फत  करिब १६ लाख डोज जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो ।

जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ । अन्य खोप भने दुई डोज लगाउनु पर्छ ।

सम्बन्धित समाचार