२०८३ बैशाख ६ गते , आईतबार
कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ उपसभापतिमा निर्वाचित भएका हुन् ।
देउवा पक्षका उपसभापति पदका उम्मेदवार विजयकुमार गच्छदार दुई मतान्तरले पराजित भए । निर्वाचन समितिका अनुसार खड्काले २१२१ र गुरुङले १९०८ मत पाए । त्यस्तै गच्छदारले १९०६, चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत पाए ।
कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापति र उपसभापति पदको नतिजा सार्वजनिक भइसकेको छ भने अब महामन्त्री पदको मतगणना शुरु गर्ने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ ।