२०८३ बैशाख ६ गते , आईतबार

नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा एक जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०७८ पौष १ गते , विहीबार
नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा एक जना पक्राउ

बिर्तामोड नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा प्रहरीले झापाको काँकरभिट्टाबाट एक जनालाई पक्राउ गरेको रिङ्जी टुर्स एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको

तामाङले नक्कली रिपोर्ट बनाउने गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मंगलवार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको तामाङले सञ्चालन गरेको उक्त ट्राभल्सबाट प्रहरीले एसर कम्पनीको थान ल्यापटप, इप्सन कम्पनीको थान प्रिन्टर अनुसन्धानका लागि बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए

प्रहरीले ल्यापटपमा भएका फाइल तथा इमेल जाँच गर्दा मेची अञ्चल अस्पताल, कोटीहोम, विएण्डसी अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौं लगायतका अफिसियल लेटर प्याड डिजिटल स्क्यान गरि नक्कली रिपोर्ट बनाउन राखेको पाइएको प्रवक्ता बसन्त पाठकले जानकारी दिए जाँचका क्रममा नाम खाली राखि पीसीआर नेगेटिभ भएका रिपोर्ट समेत सुरक्षित राखिएको प्रवक्ता पाठकको भनाई

तामाङले नेपालको निशास छाप एवम् अन्य सरकारी तथा गैर सरकारी संस्थाका छापहरु डिजिटल स्क्यान गरि राखेको प्रहरीले अनुसनधानका क्रममा फेला पारको प्रहरीले बरामद गरेकोे ल्यापटपबाट अर्थ मन्त्रालय, आन्तरिक राजश्व कार्यालय भद्रपुर झापा, इन्टरग्लोब एभिएसन लिमिटेड (इण्डिगो)का छापहरु विभिन्न सरकारी कर्मचारी तथा डाक्टरहरु स्क्यान गरी राखेको हस्ताक्षर भेटिएको प्रहरीले जनाएको प्रहरीले मेची अस्पतालको कोटिहोम पीसीआर ल्यावको ८४८१६ नम्बरको स्याम्पल आइडी भएको रिपोर्ट बुझ्दा किर्ते गरेको पुष्टि भएपछि तामाङलाई झापा जिल्ला अदालतबाट दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको

सम्बन्धित समाचार