२०८३ आश्विन १७ गते , शनिबार

कांग्रेस सहमहामन्त्री दलितमा परियार, महिलामा उपाध्याय र आदिबासीमा आङदाम्बे निर्वाचित

sajilo news
परिवेश मिडिया
२०७८ पौष २ गते , शुक्रबार
कांग्रेस सहमहामन्त्री दलितमा परियार, महिलामा उपाध्याय र आदिबासीमा आङदाम्बे निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार निर्वाचित भएका छन् । बिहीबार राति सकिएको मतगणनामा मानबहादुर विश्वकर्मालाई ३७ मतान्तरले पराजित गर्दै जीवन निर्वाचित भएका हुन् ।

डा. शेखर कोइरालाको प्यानलका उम्मेदवार बनेका उनले २२१५ मत पाएका छन् भने सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका मानबहादुरले २१७५ मत मात्र पाए । यस्तै गंगा सुनारको मत २२९ छ ।

त्यस्तै, सहमहामन्त्री महिलातर्फ डिना उपाध्याय निर्वाचित भएकी छन् । उपाध्यायले कमला पन्तलाई ४२८ मतान्तरले पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् ।

सभापति शेरबहादुर देउवाको प्यानलकी उम्मेदवार उपाध्यायले २५३३ मत पाएकी थिइन् भने डा. शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेकी पन्तले २१०५ मत मात्र पाइन् ।

त्यस्तै सहमहामन्त्रीमा आदिवासी जनजातितर्फ भीष्मराज आङदाम्बे निर्वाचित भएका छन् ।

विकास लामालाई ७९८ मतान्तरले पराजित गर्दै आङदाम्बे निर्वाचित भएका हुन् । कुल ४६८१ मत खसेकोमा सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका आङदाम्बेले २७११ मत पाएका छन् भने डा. शेखर कोइरालाको प्यानलका उम्मेदवार लामाले  १९१३ मत पाएका छन् ।

सम्बन्धित समाचार