२०८३ बैशाख ६ गते , आईतबार

दमक हत्यामा संलग्न पक्राउ

sajilo news
परिवेश मिडिया
२०७८ पौष २ गते , शुक्रबार
दमक हत्यामा संलग्न पक्राउ

बिर्तामोड । दमक २ का २५ बर्षीय तेजप्रकाश पराजुलीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दमक १ निवासी २० वर्षीय अर्जुन लिम्बूलाई पक्राउ गरी आइतबार प्रहरीले सार्वजनिक गरेको हो ।

पराजुलीको दमकस्थित घिमिरे मार्केटमा गत बुधबारसाँझ हत्या भएको थियो । सामान्य विवादका क्रममा लिम्बूले घिमिरेको हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय झापामा पत्रकार सम्मेलनको क्रममा जनाकारी दिइयो । प्रहरीका अनुसार तीन महिनाअघि उनीहरुबीच सामान्य विवाद भएको अनुसन्धानबाट खुलेको छ ।

पराजुली दमकको एक फेन्सी पसलमा काम गर्दै आएका थिए । बिना कारण कुटपिट गरेकाले लिम्बूले पराजुलीलाई पानी भर्न गएको समयमा घाटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

सम्बन्धित समाचार