२०८३ बैशाख ६ गते , आईतबार
पुष ४ गते आइतबार विदा दिने सरकारको निर्णय
बिर्तामोड । सरकारले पुष ४ गते आइतबार विदा दिने निर्णय गरेको छ । पुष १ गतेको मन्त्री परिषदले पुस ४ गते आइतबार पर्ने उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवश (धान्यपूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि विदा र काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयका उपसचिव बसन्त भट्टराईले पुष २ गते एक सूचना जारी गरी बिदाका सम्बन्धमा जानकारी गराएका छन् ।