२०८३ बैशाख ६ गते , आईतबार

माओवादी प्रदेश १ को पदाधिकारीमा दाबी गर्नेको संख्या बढ्दै, झापाबाट चारजना आकांक्षी

sajilo news
परिवेश मिडिया
२०७८ पौष २ गते , शुक्रबार
माओवादी प्रदेश १ को पदाधिकारीमा दाबी गर्नेको संख्या बढ्दै, झापाबाट चारजना आकांक्षी

बिर्तामोड नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश को अध्यक्षसहित पदाधिकारीमा दाबी गर्नेको संख्या दिनदिनै बढिरहेको

प्रदेश समितिको बुधबार बसेको पहिलो बैठकमा केन्द्रीय  नेताहरुले प्रदेश समितिमा नरहने घोषणा गरेपछि केन्द्रीय सदस्य बाहेकका प्रदेश सदस्यहरुलाई नेतृत्व लिने बाटो खुलेको केन्द्रीय  नेताहरुले पदाधिकारीमा दाबी छाडेपछि प्रदेशका नेताहरुले धमाधम आफ्नो दावी राख्न थालेका छन्

यसअघि केन्द्रीय सदस्यबाटै अध्यक्ष बन्छन् भन्ने विश्वासमा बसेको प्रदेश समितिका अन्य नेताहरुले अध्यक्षमा दाबी गरेका थिएनन् अध्यक्ष को बन्छ भन्ने यकिन नभएको कारण उनीहरुले अन्य पदको पनि खुलेर दावेदारी पेश गरेका थिएनन् तर, केन्द्रीय सदस्यबाट दाबी हटेसँगै समान हैसियतका नेताबीच अध्यक्षको दाबी गर्ने होडबाजी नै चलेको

अहिलेसम्म अध्यक्षमा दाबी गर्नेहरुको संख्या पुगेको जसमा पाँचथरका हर्कबहादुर लावती (मिक्सो), सुनसरीका शिवकुमार डाँगी मुक्साहाङ मेन्याङ्बो (मुकेश), उदयपुरका मोहनबहादुर खत्री (हेनरी), झापाका मणिकुमार साम्पाङ (विजय) विराटनगरका हेम कार्की (विशाल) रहेका छन् दाबी गर्नेको संख्या अझै बढ्न सक्ने देखिएको

माओवादीले नेतृत्व चयनका लागि भन्दै आगामी पुस गतेलाई कार्यसमितिको बैठक आव्हान गरेको उक्त बैठकमा पदाधिकारीको चयनबारे सुझाब दिन भन्दै प्रदेश माओवादीका सहइन्चार्ज तथा केन्द्रीय सदस्य अजम्बर काम्बाङको नेतृत्वमा सदस्यीय कार्यदल निर्माण भएको कार्यदलका अन्य सदस्यहरुमा सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम), हेमराज भण्डारी केन्द्रीय सदस्य रामकुमारी चौधरी रहेका छन्

यस्तै माओवादीको उपाध्यक्ष पदका लागि खोटाङका ध्रुव बुढाथोकी (धिरेन), झापाका ज्योतिसिंह दर्लामी विराटनगरका भोगेन्द्र यादवले दाबी प्रस्तुत गरेका छन् महिला उपाध्यक्षका लागि संखुवासभाकी इन्दीरा मिश्र (चेतना) मोरङकी विनिता घिमिरे (सामना) लगायतले आकांक्षा राखेका छन्

यस्तै सचिवमा झापाका सिपी कडरिया, मोरङका गणेश उप्रेती (सुशील), ओखलढुंगाका मोहनकुमार खड्का (हिमशिखर), सुनसरीका आइन्द्रविक्रम बेघा धनकुटाका ऋषिराम ढुंगानाले सशक्त दाबी गरेका छन् सर्वसम्मत नेतृत्व चयन भए कडरिया उपाध्यक्ष रहने बुझिएको  

यस्तै सहसचिवमा आकांक्षा राख्नेको संख्या धेरै भएपनि अहिलेसम्म झापाका रेवतीराज पुरी (गगन सोलुखुम्बुका ठमनाथ पराजुली (ध्रुव) ले मात्रै सार्वजनिक घोषणा गरेका छन् कोषाध्यक्षमा भने सुनसरीका मदन चुँडालले दाबी गरेका छन् हालसम्म नेतृत्वमा खुलेर दाबी गर्नेहरुमा अधिकांश पुरुष रहेका छन् पदाधिकारी दाबी गर्नेमा ताप्लेजुङका बिजय बनेमसमेत रहेका छन्

मंसिर २५ २६ गते मोरङको विराटचौकमा सम्पन्न माओवादी केन्द्र प्रदेश को अधिवेशनबाट नेतृत्व छान्न नसकेपछि माओवादीले २७१ जनाको कार्य समिति चयन गरेको थियो अधिवेशनले कार्यसमिति चयन गरेपनि पदाधिकारी चयनमा विवाद भएपछि थाँती राखेको थियो कार्य समितिबाटै पदाधिकारी चयन गर्ने माओवादीको विधानमा व्यवस्था

माओवादी केन्द्रको विधान अनुसार प्रदेश सम्मेलनबाट निर्वाचित भएको कमिटीले अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव कोषाध्यक्षसहित सदस्यीय पदाधिकारी चयन गर्नेछ

सम्बन्धित समाचार