२०८३ बैशाख ६ गते , आईतबार

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ पौष ६ गते , मंगलबार
ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका-१ भगवान चोकमा ट्रकको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा शिवसताक्षी-१० का  ४० बर्षिय यामनाथ राय रहेको प्रहरीले जनाएको छ । हिजो राती ८ बजे बिर्तामोड-१ स्थित पूर्व पश्चिम राजमार्गमा मे.१ ख १९५२ नम्वरको ट्रकले रायलाई ठक्कर दिँदा घाईते भएका रायको बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा बिहान पौने ४ बजे मृत्यु भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । 

दुर्घटनामा संलग्न ट्रक र चालक ईलाम सन्दकपुर-३ का  रोसन लिम्बुलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार