२०८३ आश्विन १७ गते , शनिबार

एक नम्बर प्रदेशमा १४ नयाँ कोरोना संक्रमित थपिए

sajilo news
परिवेश मिडिया
२०७८ पौष ७ गते , बुधबार
एक नम्बर प्रदेशमा १४ नयाँ कोरोना संक्रमित थपिए

बिर्तामोड ।  प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

४०९ जनाको पीसीआर परीक्षण गर्दा १३ र ८० जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय विराटनगरले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०, सुनसरीमा २ र भोजपुरमा १ जनामा संक्रमण भएको हो ।

मोरङको विराटनगरमा ७, जहदा, लेटाङ र उर्लाबारीमा १–१, सुनसरीको धरानमा २ र भोजपुरको षडानन्दमा १ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४ महिला र ४ पुरुष रहेका छन् ।

सक्रिय संक्रमितको संख्या ९१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित समाचार