२०८३ बैशाख ६ गते , आईतबार

कुरा एजको हैन एजेण्डाको हो : महामन्त्री शर्मा

sajilo news
परिवेश मिडिया
२०७८ पौष ७ गते , बुधबार
कुरा एजको हैन एजेण्डाको हो : महामन्त्री शर्मा

बिर्तामोड नेपाली कांग्रेसको नवनिर्वाचित महामन्त्री विश्व प्रकाश शर्माले पार्टीमा एजको हैन एजेण्डाको कुरा हुने बताए महामन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक झापा आएका शर्माले पार्टीमा युवापुस्ताको उपस्थिती बढ्दै गएको सन्दर्भमा यस्तो बताएका हुन

कांग्रेस कार्यकर्ताले चाहे जस्तो पार्टी रुपान्तरण गरेर मात्र बधाई ग्रहण गर्ने बताउँदै शर्माले गृह जिल्लाका जिल्लावासीसँग बधाई हैन शुभकामना लिन आएको बताए शर्मा काठमाडौंबाट भद्रपुर विमानस्थल ओर्लिएर गृह जिल्लाको माटो ढोगेर बिर्तामोड आएका थिए शदिह राम थापा विपी कोइरालाको शालिकमा माल्यार्पण गर्दै झापा कांग्रेसको जिल्ला कार्यलय पुगेर कार्यक्रमस्थल आएका शर्माले वडादेखि माथि सबै तहमा जीत हासिल गर्नेहरुलाई सघाएर अघि बढ्ने प्रतिबद्धता जनाए विपीको समाजमा विविधता रहेको समावेशी बनाएर लैजानुपर्ने धारणा स्मरण गर्दै शर्माले आफू झापाको विविधता गाँस्न झापा आएको बताए उनले अग्लो रुखले आफ्नो साना जरा बिर्सन नहुँदै उदाहरण दिँदै आफ्नो भूगोलको माटो बिर्सन नहुने धारणा व्यक्त गरे आफ्नो जिम्मेवारी प्रतिबद्धता दोहोर्याउन झापा आएको बताए

कार्यक्रममा उनले झापा कांग्रेसलाई बलियो बनाउन सबैले सबैलाई सघाएर जानुको विकल्प नभएको बताए आफुले कुनै गुटको नभएर कांग्रेसको भोट पाएको बताए शर्माले जसले जुन जुन ठाउँमा जिम्मेवारी पाएका छन् तत् तत् स्थानमा सघाएर काम गर्ने प्रतिबद्धता जनाए उनले कार्यकर्ताहरुलाई निरन्तर खबरदारी गरिरहन आग्रह गरे  

सम्बन्धित समाचार