२०८३ बैशाख ६ गते , आईतबार

तेह्रथुम र संखुवासभाको उच्च पहाडी क्षेत्रमा हिमपातका कारण जनजीवन कष्टकर

sajilo news
परिवेश मिडिया
२०७८ पौष ९ गते , शुक्रबार
तेह्रथुम र संखुवासभाको उच्च पहाडी क्षेत्रमा हिमपातका कारण जनजीवन कष्टकर

तेह्रथुम शुक्रबार अपरान्हदेखि भइरहेको हिमपातका कारण तेह्रथुम संखुवासभाको उच्च पहाडी क्षेत्रको जनजीवन कष्टकर बनेको हिमपातका कारण चिसो बढेपछि जनजीवन प्रभावित भएको

हिमपातका कारण बसन्तपुरको देउरालीबाट ताप्लेजुङको साँघुतर्फ जाने सडक अवरुद्ध भएका कारण दर्जनौं सवारी साधन बाटोमै रोकिएका छन् बुढाबूढी बालबालिका घर बाट बाहिर निस्कन सकेका छैनन् चिसोका कारण बजार क्षेत्रमा मानिसको चहलपहल घटेको स्थानीय छिरिङ शेर्पाले जानकारी दिए

मौसममा आएको बदलीसँगै शुक्रबार अपरान्हदेखि तेह्रथुम, संखुवासभा ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्र हिउँले ढाकेको तीनजुरे, पाँचपोखरी, गुफापोखरी, मंगलबारे, चौकी, मिल्के लगायतका क्षेत्रमा हिउँ परिरहेकाले सवै सडक अवरुद्ध भएको पाँच पोखरीका होटल व्यवसायी उमेश बुढाथोकीले बताए गुफाबजार गएर फंर्किदै गरेका उनी हिउँले सडक अवरुद्ध भएपछि बीच बाटो चौकीबजार नजिक रोकिएका छन्

सिमसिमपानीसँगै बाक्लो हिउँ परिरहेकाले लेकाली क्षेत्रमा रहेका चौंरी भेडी गोठ पुरेको आशंका स्थानीयको पुरै जंगल हिउँले सेताम्मे भएको , पाँच पोखरीका मिङ्मा शेर्पाले भने, ‘चरनमा जंगलमा छोडिएका चौंरी, गाई भैंसी भेडाबाख्रा गोठमा फर्किन सकेका छैनन् हिउँले गोरेटो बाटोसमेत पुरेकाले पशु चौपाया जंगलमै हराएको उनले बताए

जंगलमा रहेका पशु चौपाया बेंसी क्षेत्रमा झार्न नपाउँदै हिमपात भएकाले लेकाली क्षेत्रमा समस्या भएको पशुपालक किसानको भनाइ

 

सम्बन्धित समाचार