२०८३ बैशाख ६ गते , आईतबार

युनिक पेन्ट्स अब युनिक सप्लायर्स बिर्तामोडमा

sajilo news
परिवेश मिडिया
२०७८ पौष १० गते , शनिबार
युनिक पेन्ट्स अब युनिक सप्लायर्स बिर्तामोडमा

बिर्तामोड । झापाको बिर्तामोड २ मा उद्योग रहेको युनिक पेन्ट्सका उत्पादनहरु युनिक सप्लायर्स बिर्तामोडले बिक्री शुरु गरेको छ । बिर्तामोडको शनिश्चरे रोड पाथिभरा टोल रोड नम्बर ३ को उत्तरमा रहेको सप्लायर्सले युनिक पेन्ट्सको बिर्तामोडको आधिकारिक विक्रेताको रुपमा कारोबार शुरु गरेको हो ।

युनिक पेन्ट्सद्वारा उत्पादित वाटरबेस र इनामेल सम्बन्धि सम्पूर्ण रंगहरु युनिक सप्लायर्समा उपलब्ध रहेको सप्लायर्सका प्रोपाइटर कमलमणी बास्कोटाले जानकारी दिए । बास्कोटाका अनुसार युनिक पेन्ट्सले उत्पादन गरेका ‘कन्काई ब्राण्ड का सम्पूर्ण रंगसँग सम्बन्धित उत्पादन सप्लायर्सले बिक्री गरिरहेको छ ।

बजारमा रहेको विभिन्न कम्पनीका रंगहरुसँग कन्काई ब्राण्ड प्रतिष्पर्धी रहेको बताइएको छ । कन्काई ब्राण्ड अन्य रंगको तुलानामा सस्तो हुनुका साथै गुणस्तर कायम भएको बास्कोटाले बताए । कम्पनीले उत्पादन गरेका रंगहरुमा ३, ५ र १० बर्षे ग्यारेण्टी रहेको छ । बास्कोटाले रंग गुणस्तरीय र सस्तो भएकाले अधिकांश उपभोक्ताले मन पराएको बताए । सप्लायर्सले बिर्तामोड क्षेत्रभित्र निःशुल्क ढुवानी गर्ने गरेको बताइएको छ । कम्पनीले उत्पादनको छोटो समयमा नै उपभोक्ताको मन जित्न सफल भएको बास्कोटाको दाबी छ ।

सम्बन्धित समाचार